काठमाडौं । अमेरिकाले थप ३५ नेपालीलाई डिपोर्ट गरेको छ। विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेका अनुसार उनीहरूलाई चार्टर विमानमार्फत नेपाल फर्काइएको हो।
गत अप्रिल ७ (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्। डिपोर्ट गरिएकामध्ये १२ जना अवैध बाटोबाट अमेरिका पुगेका थिए भने दुई जना विद्यार्थी भिसामा गएका थिए। अन्यलाई भने विभिन्न आप्रवासन नियम उल्लंघन गरेको आरोपमा फिर्ता पठाइएको हो।
पछिल्लो दुई महिनामा मात्रै अमेरिकाबाट २०० भन्दा बढी नेपाली डिपोर्ट भइसकेका छन्।


