Friday, February 7, 2025
Homeस्वास्थ्य र जीवनशैली१६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइँदै

१६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइँदै

काठमाडौँ: सरकारद्वारा १६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप अभियान सुरू हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सरकार १० देखि १४ वर्ष उमेर समूहका १६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप उपलब्ध गराउन लागेको बताउनुभएको छ।

टोखामा जनकल्याण सामाजिक केन्द्रद्वारा आयोजित ‘निःशुल्क स्वास्थ्य तथा आँखा शिविर’ को उद्घाटन गर्दै मन्त्री पौडेलले यही माघ २२ गतेदेखि देशभर खोप अभियान सुरु हुने जानकारी दिनुभयो। साथै, पाँच वटा अस्पतालमा किशोरीका लागि क्यान्सरको निःशुल्क उपचारको व्यवस्था गरिएको पनि बताउनुभयो।

उहाँका अनुसार सरकारले पक्षघातको औषधि निःशुल्क वितरण गर्न कार्ययोजना अघि बढाएको छ। “स्वास्थ्य बिमाको रकमलाई रु एक लाखबाट बढाएर रु पाँच लाख पुर्‍याउने योजना बनाइएको छ,” मन्त्री पौडेलले भन्नुभयो। छरिएर रहेको स्वास्थ्य बजेटलाई बिमा कोषमार्फत व्यवस्थित गरी उपचारमा लगानी गरिने उहाँको भनाइ थियो।

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जनकल्याण सामाजिक केन्द्रले समाज रुपान्तरणमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै सामाजिक सेवामा निरन्तरता दिन आग्रह गर्नुभयो। नगरपालिकाले केन्द्रको गतिविधिलाई प्रोत्साहन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्‍यो।

जनकल्याण सामाजिक केन्द्रका अध्यक्ष विकासकुमार दासका अनुसार, विसं २०७० मा स्थापना भएको केन्द्रले हालसम्म ३५१ पटक रक्तदान, स्वास्थ्य शिविर, र आँखा शिविरलगायत कार्यक्रम आयोजना गरिसकेको छ। आजको शिविरमा अल नेपाल अस्पताल र दृष्टि आँखा केन्द्रको सहकार्यमा २०० भन्दा बढीले सेवा लिएका छन्।

कार्यक्रमका क्रममा समाज सेवामा योगदान पुर्‍याउने १२ भन्दा बढी व्यक्तिलाई सम्मान गरिएको थियो।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका