Wednesday, June 3, 2026
Homeअर्थ र ब्यापारसुनको मूल्य ९९ हजार सात सय रुपैयाँ

सुनको मूल्य ९९ हजार सात सय रुपैयाँ

सुनको भाउ शुक्रबार आठ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलामा आठ सय रुपैयाँले वृद्धि भएर ९९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि,बिहीबार सुन तोलाको ९८ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार तेजावी सुनको भाउ तोलाको ९९ हजार दुई सय रुपैयाँ निर्धारण भएको छ ।  चाँदीको भाउ १० रुपैयाँ बढेको छ  । बिहीबार एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार तीन सय ६० रुपैयाँ  निर्धारण भएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका