Homeसामाचारसडक खन्ने क्रममा डोजर पल्टिदा सहचालकको मृत्यु

सडक खन्ने क्रममा डोजर पल्टिदा सहचालकको मृत्यु

हिमाली जिल्ला डोल्पामा सडक खन्ने क्रममा डोजर पल्टिदा सहचालकको मृत्यु भएको छ ।

जिल्लाको त्रिपूरासन्दरी नगरपालिका–३ रुमगाउँमा सडक खन्ने क्रममा डोजर पल्टिदा जाजरकोट नलगाड नगरपालिका–११ घर भएका १७ वर्षीय हेमराज सिंहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

डोजर सडकबाट तीनसय मिटर तल खसेको छ । प्रारम्भिक अनुसन्धानमा सह–चालकले नै डोजर चलाएको र सडक खन्ने क्रममा पल्टिएको बताइएको छ ।

डोजरको नम्बर समेत खुलेको छैन । डोजर बुधबार विहान ६ बजेतिर दुर्घटना भएको डोल्पा प्रहरीले जनाएको छ ।

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका