Friday, February 7, 2025
Homeराजनीतिविपक्षी सात दलले भन्यो- 'प्रधानमन्त्रीको नैतिक आधार गुम्यो, राजीनामा दिँदा हुन्छ'

विपक्षी सात दलले भन्यो- ‘प्रधानमन्त्रीको नैतिक आधार गुम्यो, राजीनामा दिँदा हुन्छ’

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता गठबन्धनले सरकार चलाउने नैतिक आधार गुमाइसकेको बताएका छन्।

संसदमा प्रतिनिधित्व गर्ने सात विपक्षी दलद्वारा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका हुन्।

उनले आफूहरूले सरकार ढाल्ने कुनै अभिव्यक्ति नदिएको स्पष्ट पारे। तर, सरकारका गलत क्रियाकलापविरुद्ध निरन्तर प्रतिवाद जारी राख्ने बताएका छन्।

गठबन्धनको असफलता
प्रचण्डले वर्तमान सरकारको सत्तामा बस्ने आधार गुमेको विपक्षी दलहरूको साझा निष्कर्ष रहेको उल्लेख गरे।
‘गठबन्धन गर्दा घोषणा गरिएका कुनै पनि काम अगाडि बढेका छैनन्। संविधान संशोधनको विषयमा प्रधानमन्त्री आफैंले २०८७ सालसम्म पर्खनु पर्ने भनेका छन्। सुशासनका लागि प्रतिबद्धता जनाए पनि उल्टो गतिविधि देखिएका कारण नैतिकताका आधारमा सरकार चलाउने अवस्था छैन,’ प्रचण्डले भने।
उनले नैतिकताको आधारमा प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनु उपयुक्त हुने धारणा व्यक्त गरे।

हिउँदे अधिवेशनको माग
विपक्षी दलहरूले संसदको हिउँदे अधिवेशन छिटो बोलाउन सरकारको ध्यानाकर्षण गराएका छन्। यदि सरकारले आवाज नसुने विशेष अधिवेशन माग गर्ने चेतावनी विपक्षी दलहरूले दिएका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका