Saturday, January 18, 2025
Homeराजनीतिरवि लामिछानेलाई वीरगञ्ज ल्याइयो, सिमरा विमानस्थलमा रविका समर्थकको प्रदर्शन

रवि लामिछानेलाई वीरगञ्ज ल्याइयो, सिमरा विमानस्थलमा रविका समर्थकको प्रदर्शन

पर्सा। पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई वीरगञ्ज ल्याइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेलाई बयानका लागि पोखराबाट काठमाडौं हुँदै वीरगञ्ज ल्याइएको हो।

सहकारी ठगी प्रकरणमा पर्सामा पनि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकाले प्रहरीले बयानका लागि यहाँ ल्याएको जनाएको छ। सहकारी ठगी गरेको भन्दै पक्राउ परेका लामिछानेलाई गत गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर पोखरा लगिएको थियो।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का  सभापति रवि लामिछानेका समर्थकले सिमरा विमानस्थलमा प्रदर्शन गरेका छन् ।

सोमबार रविलाई पोखरा हुँदै काठमाडौँदेखि पर्सा लगेको हो । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि उनलाई प्रहरीले पर्सातर्फ लगेको हो । सो क्रममा सिमरा विमानस्थलमा रविका समर्थकले प्रदर्शन गरेका हुन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका