Wednesday, April 22, 2026
Homeअन्तराष्ट्रियमुम्बईबाट काङ्ग्रेसको ‘जनन्याय पदयात्रा’ को औपचारिक समापन

मुम्बईबाट काङ्ग्रेसको ‘जनन्याय पदयात्रा’ को औपचारिक समापन

काठमाडौँ। विपक्षी दल भारतीय राष्ट्रिय काङ्ग्रेसले राजनीतिक जागरणका लागि आयोजना गरेको ‘जनन्याय पदयात्रा’ आइतबार मुम्बईको मणि भवन सङ्ग्रहालयबाट सुरू भई क्रान्ति मैदानमा पुगी समापन भएको छ ।

आइतबार आयोजित पदयात्रामा केन्द्रीय नेता राहुल गान्धी, पार्टीका महासचिव प्रियङ्का गान्धी वाड्रा र अभिनेत्री स्वरा भास्करले सहभागिता जनाएका थिए।

पदयात्रालाई गान्धी स्मारक स्तम्भमा पुगेर पुष्पहार अर्पण गरी नेता राहुलले यो चरणको जनन्याय यात्राको औपचारिक समापन गरेका हुन् ।

पदयात्रापछि आयोजित कोणसभालाई सम्बोधन गर्दै अभिनेत्री स्वरा भास्करले राहुलले सञ्चालन गरेको भारत जोडो यात्राको दुई चरणको प्रशंसा गरेकी थिइन् ।

उक्त अवसरमा नागरिकता संशोधन ऐन (सिएए) का बिषयमा केन्द्र सरकारको आलोचना गर्दै चुनावी घेराबाट बाहिर आएको वास्तविकता लुकाउन सत्ताधारी गठबन्धनले सिएएको अधिसूचना र नियमहरू जारी गरेको उनले बताइन् ।

सत्ताधारी गठबन्धनले १० वर्षदेखि जनतालाई मूर्ख बनाउन यो रणनीति प्रयोग गर्दै आएको उनले जिकिर गरिन् ।

काङ्ग्रेस महासचिव वाड्राले जनतालाई राष्ट्रको वास्तविक अवस्था जानकारी गराउन ‘भारत जोडो न्याय यात्रा’को आयोजना गरिएको बताइन् ।

उनले छ हजार ७०० किलोमिटर यात्रा गर्दै अभियान शनिबार मुम्बईमा पुगेको बताइन् ।

देशको वास्तविकता बुझ्नुको महत्वलाई जोड दिँदै नेता वाड्राले भनिन्, “राष्ट्रको बारेमा सत्य बुझ्नु महत्त्पूर्ण रहेको र न्याययात्राले यो काम गरेको आफ्नो बुझाइ रहेको छ ।”

कार्यक्रममा बोल्दै राहुल गान्धीले जनचेतनामा जानाजानी आक्रमण भइरहेको र यसबारे जनतालाई सुसूचित गर्न ‘न्याय यात्रा’ को अभियान चलाइएको र यसको औपचारिक समापन भएको बताए ।

उनले अभियानको अन्त्यसँगै प्रसिद्ध सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “देशवासीका आँखामा लुकेका आशा र साना साना सपनाहरू साथमा लिएर आएको छु ।”

उनले शनिबार भारत जोडो न्याय यात्राको यो चरणको कार्यक्रमको समापन भएको र यो न्यायको लागि लडाईको सुरुवात भएको तर अन्त्य नभएको बताए ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका