Thursday, April 23, 2026
Homeअन्तराष्ट्रियबाइडेनको उम्मेदवारी फिर्ताले ट्रम्पलाई चुनाबमा सजिलो बनाउँछ ?

बाइडेनको उम्मेदवारी फिर्ताले ट्रम्पलाई चुनाबमा सजिलो बनाउँछ ?

काठमाडौं । अमेरिकामा राष्ट्रपतीय निर्वाचनका प्रत्यासी जो बाइडेनले उम्मेदवारी फिर्ता लिएपछि ट्रम्पलाई चुनाब जित्न कति सहज छ भन्ने बहस सुरु भएको छ। निर्वाचन यसै वर्ष नोभेम्बर ५ मा हुने भएको छ।

बाइडेनलाई आफ्नै पार्टीबाट उम्मेदवारी त्याग्न दबाब बढेपनि चुनाब लड्ने निर्णयमा पुगेका बाइडेनले अन्तत: उम्मेदवारी त्याग्ने निर्णय गरेका हुन्।
उनले देश र पार्टीको हितमा यो निर्णय गरेको बताए । राष्ट्रपति जो बाइडेन मैदानबाट बाहिरिएपछि अमेरिकाको राष्ट्रपतीय निर्वाचन अहिले थप रोचक बनेको छ।

बाइडेनले आफ्नो उम्मेदवारी छाड्नुका साथै यस पदका लागि वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गर्ने बताएका छन् । “मेरो साथी डेमोक्र्याटहरू, मैले नामांकन स्वीकार नगर्ने निर्णय गरेको छु र मेरो बाँकी कार्यकालको लागि राष्ट्रपतिको रूपमा मेरो कर्तव्यहरूमा ध्यान केन्द्रित गर्ने निर्णय गरेको छु,” राष्ट्रपति बाडेनले एक पोस्टमा भनेका छन् ।

बाइडेनले भनेका छन्, “आज म कमलालाई यस वर्ष हाम्रो पार्टीको उम्मेदवार बन्न मेरो पूर्ण समर्थन गर्न चाहन्छु। डेमोक्रेटहरू– अब एकजुट भएर ट्रम्पलाई पराजित गर्ने समय हो।”

यदि कमला ह्यारिस डेमोक्र्याट पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बनिन् भने यो चुनावमा कमला ह्यारिसले आफ्नो लोकप्रियताको फाइदा उठाउन सक्नेछिन् । भर्खरै, जब प्रत्यक्ष बहसपछि बाइडेनको बहिर्गमन योजनाको बारेमा छलफल भइरहेको बेला कमला ह्यारिसको नाम बलियो दावेदारको रूपमा अगाडि थियो।

कमला ह्यारिस राष्ट्रपतिको उम्मेदवार बनिन् र जितिन् भने उनी अमेरिकाको इतिहासमा पहिलो महिला राष्ट्रपति बन्नेछिन् । तर, उनले पहिलो महिला उपराष्ट्रपतिको उपाधि भने कायमै राख्नेछिन् ।

धेरैजसो सर्वेक्षणमा बाइडेनपछि कमलाको लोकप्रियता बढेको छ । कमला एसियन-अफ्रिकी मूलका मतदाताहरूमाझ पनि निकै लोकप्रिय छिन्। उपराष्ट्रपति कमला ह्यारिस गोराभन्दा अश्वेत अमेरिकीहरूमाझ बढी लोकप्रिय छिन्। महिलाहरु माझ पनि उनको निकै प्रशंसा छ ।

कमला ह्यारिस ट्रम्पलाई कडा टक्कर दिन सक्षम रहेको विश्वास गरिन्छ । कमला ह्यारिस लोकप्रियतामा ट्रम्पको नजिक छिन्। एक सर्वेक्षणका अनुसार ४७ प्रतिशत मतदाता ट्रम्पलाई मन पराउँछन् भने ४५ प्रतिशत मतदाता कमला ह्यारिसलाई मन पराउँछन् । ५० प्रतिशत महिलाले उनलाई मन पराउँछन् भने ४४ प्रतिशतले बाइडेनलाई मन पराउँछन् । रोयटर्सको सर्वेक्षणमा कमला ह्यारिस ट्रम्पभन्दा एक प्रतिशत मात्र पछाडि छिन् ।

बाइडेनले बाटो छोडेपछि ट्रम्पले यो लडाईलाई एकदमै सजिलो ठानिरहेका छन्। उनले जो बाइडेनको घोषणाबारे प्रतिक्रिया दिँदै उनलाई अमेरिकी इतिहासको “सबैभन्दा खराब राष्ट्रपति” भने। सीएनएनको रिपोर्टका अनुसार ट्रम्पले भने – उनलाई बाइडेनलाई भन्दा उपराष्ट्रपति कमला ह्यारिसलाई हराउन सजिलो हुनेछ। ट्रम्पले भने, “उनी (बाइडेन) हाम्रो देशको इतिहासमा सबैभन्दा खराब राष्ट्रपति हुन्।”

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका