Monday, January 20, 2025
Homeकोरोना बिशेषनेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जान रोक

नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जान रोक

काठमाडौँ — तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आगमन गर्न र नेपाललाई ट्रान्जिट बनाउन रोक लगाइने भएको छ ।

अध्यागमन विभागले एक सूचना प्रकाशित गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक जाने उद्देश्यले नेपाल आगमन गर्न र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिटका रुपमा प्रयोग गरी अन्य गन्तव्य जान रोक लगाइएको जनाएको छ ।

अध्यागमन विभागका निर्देशक झंकनाथ खनालले वैशाख १५ गते राति १२ बजेदेखि लागू हुने गरी रोक लगाइएको बताएका छन् । पछिल्लो समय भारतबाट हुने अधिकांश उडानलाई विभिन्न मुलुकले प्रतिबन्ध लगाएका कारण भारतबाट नेपाल हुँदै तेस्रो मुलुक जानेको संख्या बढिरहेको छ ।

निर्देशक खनालले विदेशबाट नेपाललाई अन्तिम गन्तव्यस्थल बनाई आगमन गर्न र नेपालबाट विदेश जाने अनुमति भने साविकबमोजिम नै नियमित रहेको बताएका छन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका