Monday, January 20, 2025
HomeNRN चुनाव बिशेषक्यालिफोर्नियामा स्थानिय उम्मेदवारहरुको चुनावी सभा सम्पन्न

क्यालिफोर्नियामा स्थानिय उम्मेदवारहरुको चुनावी सभा सम्पन्न

अमेरिकाको क्यालिफोर्निया एन आर एन अमेरिकाको चुनावी माहोलले गर्मिएको छ। अध्यक्षका प्रत्यासिहरु, कृष्ण लामिछाने, बुद्दी सुवेदी, अर्जुन बजाडे लगायत अध्यक्ष र अन्य पदहरुमा उम्मेदवारी घोषणा गरिसक्नु भएका सामाजिक अभियन्ताहरु क्यालिफोर्नियामा आफ्ना चुनावी कार्यक्रम सम्पन्न गरी सकेका छन। यसै माहोलमा क्यालिफोर्निया च्याप्टर र पश्चिम क्षेत्र का आर सि सि उम्मेदवारहरुले पनि हिजो आफ्नो चुनावी सभा सम्पन्न गरेका छन। विगत एक दसक भन्दा लामो समय क्यालिफोर्निया राज्यमा सम्मानित समाजसेवीको ख्याती कमाईसकेका श्रीराम थापा वेष्ट आर सी सी पदमा उम्मेवेरए दिएका छन भने क्यालिफोर्नियाको लस एन्जलस क्षेत्रमा लामो समय देखी बिभिन्न संघ संस्था मार्फत समाजमा महत्वपूर्ण योगदान पुर्याएका एक देव शर्मा क्यालिफोर्निया च्याप्टरको अध्यक्षको पदमा उम्मेदवारी दिएका छन। सो कार्यक्रम उहाँहरुलाई जिताउन स्वत:स्फुर्त रुपमा बनेको प्रचार समितिको आयोजनामा सम्पन्न सो सभामा समाजका हरेक तप्काको प्रतिनिधिमूलक उपस्थिती थियो भने युवा र महिला वर्गको उत्साहजनक सहभागीता रहेको थियो।  

एन ए जि सी का संस्थापक तथा अन्तरराष्ट्रिय अध्यक्ष वरिष्ठ समाजसेवी मणी नेपाली पनेरुको सभापतित्वमा सम्पन्न सो सभालाई युवा समाजसेवी उत्तम धमलाले बडो रोचक र प्रभावकारी ढङ्गले सँचालन गरेको सो कार्यक्रमको प्रमुख अतिथीमा महिला र युवाहरुको प्रतिनिधि स्वरुप  एन ड्ब्लु जि एन की अध्यक्ष बिष्णु सुवेदीलाई चयन गरिएको थियो। कार्यक्रममा एन आर एन ए एन सि सि यु एस् का  वेष्ट रिजनका आर सि सि उम्मेदवार श्रीराम थापा र क्यालीफोर्निया च्याप्टर अध्यक्षका उम्मेदवार एकदेव शर्माले सभालाई सम्वोधन गर्दै आआफ्ना प्रतिवद्दता जाहेर गर्नु भएको  थियो भने च्याप्टरका उपाधक्षका उम्मेदवार प्रेम के सि, सचिवका उम्मेदवार हरी ओझा, महिला सँयोजककी उम्मेदवार गीता बज्गाई, युवा सँयोजकका उम्मेदवार मणीराम न्यौपानेले पनी आफ्ना धारणा राक्ग्दै सबैजना सङ्ग सहयोगको अपील गर्नु भएको थियो। त्यसै गरी च्याप्टरका बोर्ड सदस्यका उम्मेदवारहरु तुलाराम बज्गाईँ, हेम ठकुल्लाले पनि आफ्ना एजेन्डाहरु ससक्त रुपमा राख्नु भएको थियो।

[ngg src=”galleries” ids=”1″ display=”basic_thumbnail” thumbnail_crop=”0″]

सह सचिवका उम्मेदवार सुवास भन्डारी समसेर, कोषाध्यक्षका उम्मेदवार राम बाबु लुईंटेल, बोर्ड सदस्यका उम्मेदवारहरु राजु कार्की, अर्जुन पौडेल र जोसेफ घले भने कार्यक्रममा उपस्थित हुन नसक्नुभए पनि उद्घोषकलाई सन्देश पठाएर आफ्ना लागी मतदान गर्न सबैलाईअनुरोध गर्नुभएको थियो।

सो सभामा  एन आर एन ए एन सि सि यु एस् ए राष्ट्रिय  महिला  समितीकी को चेअर महिला नेत्री हेमा पनेरुले स्वागत मन्तव्य राख्नु भएको थियो भने क्यालिफोर्निया क्षेत्रमा लब्ध प्रतिष्ठित व्यक्तित्वहरुले शुभकामना दिनु भएको थियो। शुभकामना मन्तव्य दिनेहरुमा एन आर एन ए एन ए आई सि सि सद्स्यका उम्मेदवार सम्मानित समाजसेवी उत्तम कार्की, बिन्दु सापकोटा निरौला  सि सि यु एस् ए कि  वरिष्ठ ऊपाधक्ष उम्मेदवार चित्रा केसी, ऊपाधक्षका उम्मेदवार पूर्ण वानियाँ, महिला उपाधक्ष उम्मेदवार दीक्षा वस्नेत, बोर्ड सदस्यका उम्मेदवार उत्तम शर्मा वाग्ले तथा लक्ष्मण अधिकारीले उम्मेदवारहरु शुभकामना दिँदै आफूलाई पनि निर्वाचनमा सहयोग गर्न अनुरोध गर्नु भएको थियो।

सो सभालाई बिशेष अतिथीको आसनबाट नेपाली जनसंपर्क समिती का केन्द्रिय सदस्य किलन राई तथा सोही समीतीका केन्द्रिय सद्स्य त्यही  सामाजिक  अभियन्ता चन्द्र धितालले सम्वोधन गर्नु भएको थियो भने नेपाली जनसंपर्क समिती अमेरिका उत्तर क्यालिफोर्निया च्याप्टरका कार्यवाहक सभापति नारायण खनाल,  व्हाइट जोनका संस्थापक अधक्ष राजेश थापा, नेको फाउन्डेसनका अध्यक्ष विश्व भट्ट, समाजसेवी दिपक पाठक, समाजसेवी सुरेश हमाल, निर्मल फुँयाल, कृष्ण राज गिरी, चिरन्जीवी गौतम  लगायतले  उम्मेदवारहरुलाई शुभकामना दिनु भएको थियो।

सो कार्यक्रमको  हाम्रो चहलपहलकासंचालक सागर श्रेष्ठले लाइभ गर्नु भएको थियो। उक्त कार्यक्रमको पुरा भिडीयो तलको लिंक मार्फत हेर्न सकिन्छ ।

Video Link: https://fb.watch/5AihqOTAnP/ 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका