Saturday, December 14, 2024
HomeNRN चुनाव बिशेषएन आर एन ए वेष्ट आर सि सि उम्मेदवार श्रीराम थापाको पक्षमा...

एन आर एन ए वेष्ट आर सि सि उम्मेदवार श्रीराम थापाको पक्षमा चुनावी लहर

द हिमालयन ट्रिब्युन सम्वाददाता

गैर आवासिय नेपाली संघ एनआरएनए एनसिसी यूएसए पश्चिम  क्षेत्रिय संयोजकका लागि सम्मानित समाजसेवी  श्रीराम थापाले उमेद्धवारी घोषणा गरे सङ्गै दिन प्रतिदिन बहु चर्चित भएका छन। निर्वाचनको मिती नजिकिँदै गर्दा उनको पक्षमा चुनावी लहर उर्लेको वताईन्छ।  श्री थापा हकी स्वभावका साहसी भए पनि अत्यन्त मिलनसार र सहयोगी भावनाका हुनाले सान फ्रान्सिस्को बे एरियामा लोकप्रिय हुन सफल भएका  छन। विगत १ दसक मात्र यस क्षेत्रमा बसोबास गर्दै आए पनि बिभिन्न संघ संस्था र व्यक्तिगत स्तरमा पनि समाजलाई उल्लेखनिय योगदान पुर्याएका छन।  गुल्मिको चन्द्रकोट गाउपालिका वार्ड नं ३ मा जन्मे हुर्केका थापा अमेरिकाको पश्चिम क्षेत्रको लागि एक सम्मानित नाम हो।  आफ्नो ब्यक्तिगत काम लाई समेत थाँती राखेर सामाजिक काममा  सकृय हुन सक्ने व्यक्तित्व थापा, आगामी २ बर्ष एन आर एन को लागि दिन प्रतिवद्द छन।

नेपालमा आपत बिपदमा परेकाहरुको लागि आर्थिक सहयोग पुर्याउन सकृय तथा सवनवयात्मक भूमिका खेल्ने थापाले १४ जना मृगौला पिडीत नेपाली दाजुभाई तथा दिदीबहिनीको मृगौला प्रत्यारोपण गर्न र उपचारमा महत्वपूर्ण योगदान पुर्याएका छन। उनीले गुल्मी जिल्लामा रहेका ५ वटा विधालयमा उनको  बुवा आमाको नाममा अक्ष्यकोष खोली गरिव र जेहेन्दार विधार्थी भाई बहिनीहरु लाई पढाउदै आएका छन । सानै उमेर देखी समाजसेवामा गहिरो अभीरुची भएका  श्रीराम थापा महत्वपूर्ण  पदमा निर्वाचित भएमा पदिय दायित्व राम्रो सङ्ग निर्वाह हुने उनिलाई चिन्ने मानीसहरु बताउँछन्।

श्रीराम थापा साहित्य र गीत संगीत शृजनामा पनि विशेष रुची राख्ने गर्दछन। उनका  यसअघि नै २ वटा राष्ट्रिय गीत र  एउटा आधुनिक गीतको भिडियो बजारमा ल्याईसकेका छन् ।  थप  गिती र जविता  संग्रह प्रकाशनको तयारीमा रहेका छन् । यसरी बहुमुखी प्रतिभाका धनी, सहयोगी भावना र लामो र फलदायी समाजसेवाको ईतिहास बोकेका उम्मेदवार थापाको पक्षमा चुनावी लहर आएकोले उनको विजय सुनिस्चित भएको पर्यवेक्षकहरु बताउँछन्। 

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका