Thursday, June 4, 2026
Homeप्रवासएनआरएनए संस्थापन पक्षको चुनावमा मतदाता घटे

एनआरएनए संस्थापन पक्षको चुनावमा मतदाता घटे

विवादमा फसेको गैरआवासीय नेपाली संघ एनआरएनएको संस्थापन पक्षको निर्वाचनमा मतदाता संख्या घटेको छ ।  यही मार्च २४ र २५ तारिख हुने निर्वाचनमा ३०९८ जना मतदाताले मात्र निर्वाचनमा सहभागी हुन पाउने भएका हुन् ।

संघको निर्वाचन समितिले आइतवार एक विज्ञप्ति जारी गर्दै परिचय नखुलेका र शेल्फीमा नलिएका मतदाताहरूलाई मतदाता नामावलीका हटाइएको जनाएको छ । यसअघि निर्वाचन समितिले ३५९० जनाको नाम सार्वजनिक गरेको थियो ।

करिब १५० जनाले आफ्नो परिचयपत्र बुझाउन नसकेका कारण उनीहरुलाई मतदाता नामावलीबाट हटाइएको हो । बाँकी मतदाताको स्मार्ट एनआरएनए मार्फत शेल्फि लिन चुके पछि सूचीबाट नाम हटाइएको हो । संघको निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष लगायतका पदमा मतदान हुदैछ । अनलाइन मार्फत हुने निर्वाचनको व्यवस्थापनको जिम्म अष्ट्रेलियास्थित भेरो कम्पनीले लिएको छ । अध्यक्ष पदमा डा.बद्री केसी र रविना थापाबीच निर्वाचन हुदैछ ।

यसैबीच कुल आचार्य तथा शेष घले समूहले छुट्टै अधिवेशन गर्दै छ । सो समूहको अधिवेशन मार्च २४ र १५ मा तय गरिएको छ ।  करिब २० वर्ष लामो इतिहास बोकेको एनआरएनए राजनीतिरुपमा दुईतिर विभाजित हुँदा संस्था नै फुटको अवस्था आएको हो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका