Monday, January 20, 2025
HomeNRN चुनाव बिशेषएनआरएनए क्यालिफोर्निया च्याप्टर अध्यक्षका उम्मेदवार एकदेव शर्मालाई भारी समर्थन

एनआरएनए क्यालिफोर्निया च्याप्टर अध्यक्षका उम्मेदवार एकदेव शर्मालाई भारी समर्थन

बिगत २०१२, १३ देखी नै एन आर एन ए को सद्स्यता लिएर लामो र फलदायी सेवाको अनुभव प्राप्त गरी खारिएका व्यक्तित्व एक देव शर्माले एन आर एन ए एन सि सि यु एस् को क्यालिफोर्निया च्याप्टर अध्यक्षमा उम्मेदवारी दिएपछी सर्वत्र चर्चित हुनु भएको छ। अध्यक्षका  उम्मेदवार एकदेव शर्मालाई क्यालिफोर्निया राज्यको उत्तर डेल नोर्टे काउन्टी देखी दक्षिण स्यान डिएगो सम्म भारी समर्थन प्राप्त भएको समाचार छ।

यस क्रममा क्यालिफोर्निया राज्य एक सुन्दर उदाहरण बन्न सफल भएको छ। कारण उत्तर र दक्षिणमा विसाल रुपमा फैलिएको क्यालिफोर्निया राज्य उत्तर र दक्षिण अलग राज्य जस्तो लागे पनि दुबै क्षेत्रका वासिन्दाहरुले एक भद्र सहमती मार्फत उत्तर क्षेत्र र दक्षिण क्षेत्रले पालैपालो उम्मेद्बारी दिने र सर्वसम्मतको बातावरण बनाउने गौरवमय परम्परा कायम रहेको छ। सोही अनुसार शर्माले उम्मेदवारी दिनु भएको हो।  उहाँ नेपालमा रहँदा  नेपाल सरकारको स्वास्थ्य सेवामा सङ्लग्न हुनुहुन्थ्यो। सानै देखी राजनीति र समाजसेवामा अभिरुची राख्ने  शर्मा   बिधार्थी  राजनीतिमा सक्रिय हुनुहुन्थ्यो। १५ बर्ष भन्दा लामो श्वास्थ्य सेवाको क्रममा आपतमा परेका  हजारौँ नेपालीहरुको सेवा गर्न पाएकोमा गौरव अनुभूती गर्नु हुन्छ एक देव शर्मा।

अमेरिका आईसकेपछी पनि उहाँले समाजसेवाको सकृयतालाई छोड्नु भएको छैन। उहाँ नेपाली समाजमा  अमेरिकाको सबै भन्दा पुरानो संस्था ए एन एस् मा बोर्ड मेम्बर, उपाधक्ष र अध्यक्ष लगायत   बिभिन्न पदमा रही जन सेवा गर्नु भएको छ भने, ब्लड डोनर्स अफ अमेरिका,पसुपती फाउन्डेसन, नेपाली  जनसंपर्क समिती अमेरिका, दक्षिण क्यालिफोर्निया च्याप्टर, एन आर एन ए हेल्प डेस्क लगायत थुप्रै थुप्रै संघ संस्थामा मार्फत नेपाली समाजको सेवा गरि ठुलो गुन लाउनु भएको छ। हिमालयन ट्रिब्युन सङ्ग कुरा गर्दै शर्माले बताउनु भयो, उहाँको विजय प्रती उहाँ विश्वस्त हुनुहुन्छ। विजय पछी क्यालिफोर्निया राज्य र सिङ्गो एन आर एन अमेरिकाका सदस्यहरु बीच एकतालाई बल पुर्‍याउने, स्थानिय अमेरिकि  सरकारी र गैर सरकारी संघ संस्थाहरुसङ्ग सहकार्य गर्दै नेपाली समुदायको हीत गर्ने, नेपालीहरुको हक हीतको लागि आवाज उठाउने, महिला, युवा र वालवालिकाको लागि बिशेष कार्यक्रम ल्याउन पहल गर्ने लगायत देश काल परिस्थिती अनुरुप जनआवाजको प्रतिनिधित्व गर्दै कार्यक्रम ल्याउने बताउनु भएको छ।

पटक पटक जनमानसमा गई आफ्ना एजेन्डाहरु राख्दै सबैको मन जित्न सफल शर्मा जि को हालै मे १६, २०२१ मा  सान फ्रान्सिस्को मण्डला हलमा एक ब्रिहत अन्तरकृया कार्यक्रम हुने कुरा थाह भएको छ ।

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका