इस्लाम धर्मको आडमा धर्म र मानवताको धज्जी उडाउँदै तालिबानीहरु बलत्कारीहरु

भारतीय मिडिया संगको कुराकानीमा आफूलाई मुस्कान बताउने एक अफगानी महिला यस्तो खुलासा गरे पछी सम्पूर्ण जगतमा नै तरङ्ग छाएको छ। उनका अनुसार तालिबानी हरुलाई बलात्कार गर्नका लागि कुनै जीवित शरीर र लाश बिच भिन्नता छैन।  हतियारसहित तालिबानी समुहहरु यौन दासी हरूको खोजीमा घर पुग्ने र बलत्कारको चपेटामा पार्ने सोक्रममा लास समेत बलात्कार गरेका उनी बताउँछिन्।

“उनीहरु लासलाई पनि बलात्कार गर्छन् ” व्यक्ति जिउँदो छ कि मरिसक्यो भन्ने कुराले तिनीहरूलाई कुनै फरक पार्दैन आफूलाई इस्लाम धर्मको रक्षक र महिलाहरुलाई इस्लामले दिएको स्वतन्त्रताको अधिकार दिने बताएपनि तालिबानी हरूको शासनमा महिला बालबालिका सबै जोखिम परेको बताउँछिन् मुस्कान। इस्लाम धर्मको रक्षक भनी आफूलाई बताउने तालिबानी समुहहरु धर्मकै धज्जी उँडाएका  छन्।

उनी  पूर्व अफगान  पुलिस  सदस्यसमेत रहेको र तालिबानीले अफगानिस्तान नियन्त्रणमा ल्याएपछि आफूलाई काममा नजान भनेर तालिवानी समूहबाट लगातार धम्की आएको कारणले मारिने डरले मुस्कान अफगानिस्तानबाट भागेर भारत पसेको बताउँछिन् । उनले प्रष्ट पारीन  1993 -2001 सम्म तालिबानी शासनमा उनीहरुले महिलाहरुलाई निकै कष्टकर जीवन बिताउन बाध्य बनाएका  थिए र अझ पनि उनिहरुमा झन धेरै आपराधिक जुनुन पैदा भएकोले महिलाहरु झन बढी शोषित हुने खुलासा गरेकी छीन।