४१५ रुपैयाँको सामान किनेका ग्राहकले जिते १० लाखको पुरस्कार

४१५ रुपैयाँको सामान किनेका ग्राहकले जिते १० लाखको पुरस्कार

काठमाडौं । बिग मार्टबाट ४१५ रुपैयाँको सामान खरिद गरेका एक ग्राहकले १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेका छन्।

आन्तरिक राजस्व विभागले कात्तिक महिनाको पहिलो पाक्षिक करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत ती ग्राहकलाई १० लाख रुपैयाँको बम्पर पुरस्कार प्रदान गरेको हो।

कात्तिक १ देखि १५ गतेसम्म भएको कारोबारका आधारमा छनोट गरिएका १५ जना पाक्षिक विजेता र एक जना बम्पर विजेताको नाम आज अर्थ मन्त्रालयस्थित सिंहदरबारको सुवर्ण हलमा सार्वजनिक गरिएको हो।

विभागले पुरस्कार विजेता घोषणा गर्ने कार्यक्रममा नेपाल प्रिमियर लिग (एनपीएल) खेलिरहेका क्रिकेट खेलाडीहरूलाई समेत सहभागी गराएको थियो।

लिङ्क सफलतापूर्वक कापि गरियो!