२४ घण्टामा ८८४ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

२४ घण्टामा ८८४ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८८४ जना सवारी चालकलाई कारबाही गरेको छ ।

शुक्रबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६४, सिसिटिभीमार्फत ४७ तथा रातोबत्ती उल्लङ्घन गर्ने ३९ जना चालक कारबाहीमा परेका छन् ।

त्यस्तै, तीव्र गतिमा सवारी चलाउने ११७, हर्न निषेध उल्लङ्घन गर्ने १० तथा सवारीसाधनको अवस्था ठीक नभएका ३४ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, अन्य विभिन्न कसुरमा ५६७ जना चालक कारबाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ ।

लिङ्क सफलतापूर्वक कापि गरियो!