स्पेनमा रेल दुर्घटनापछि यातायात मन्त्रालयबाहिर प्रदर्शन

स्पेनमा रेल दुर्घटनापछि यातायात मन्त्रालयबाहिर प्रदर्शन

काठमाडौं । स्पेनमा दुई रेल आपसमा ठोक्किँदा ठूलो जनधनको क्षति भएपछि आक्रोशित नागरिकले यातायात मन्त्रालयको कार्यालयबाहिर प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले दुर्घटनाका लागि जिम्मेवार निकाय र व्यक्तिलाई जवाफदेही बनाउन माग गरेका छन् ।

बुधबार राति यातायात मन्त्रालयबाहिर ठूलो सङ्ख्यामा भेला भएका प्रदर्शनकारीहरूले रेल दुर्घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका हुन् ।

यसअघि ट्राफिक कन्ट्रोलर र रेल चालकबीच भएको कुराकानीको अडियो रेकर्डिङसमेत सार्वजनिक भएको थियो । उक्त अडियोले दुर्घटनासम्बन्धी अनुसन्धान र जिम्मेवारीको विषयमा थप चासो बढाएको छ ।

यसैबीच, स्पेन सरकारले रेल दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा देशभर तीन दिनको राष्ट्रिय शोक घोषणा गरेको छ ।

राष्ट्रिय शोकका क्रममा म्याड्रिडस्थित अतोचा रेल स्टेसनमा पीडितहरूको सम्झनामा विशेष स्मारक स्थापना गरिएको छ । साथै, सरकारी भवनहरूमा राष्ट्रिय झन्डा आधा झुकाइएको छ ।

लिङ्क सफलतापूर्वक कापि गरियो!