महँगी र आर्थिक असमानताविरुद्ध फ्रान्समा प्रदर्शन, ८०० जना पक्राउ

महँगी र आर्थिक असमानताविरुद्ध फ्रान्समा प्रदर्शन, ८०० जना पक्राउ

काठमाडौं । जीवनयापनको बढ्दो लागत र आर्थिक असमानताको विरोधमा फ्रान्सभर आयोजित प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीले करिब ८०० जनालाई पक्राउ गरेको छ।

फ्रान्सेली गृह मन्त्रालयका अनुसार देशका विभिन्न सहरमा आयोजित प्रदर्शनमा लाखौँ नागरिक सहभागी भएका थिए। अधिकांश स्थानमा प्रदर्शन शान्तिपूर्ण रहे पनि केही क्षेत्रमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप तथा हिंसात्मक गतिविधि भएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

फ्रान्सका प्रमुख सहरहरूमा लगातार तेस्रो सातासमेत व्यापक प्रदर्शन जारी छ। अघिल्ला साताहरूमा जस्तै यसपटक पनि हजारौँ प्रदर्शनकारी सडकमा उत्रिएका थिए।

प्रदर्शनकारीहरूले सरकारको आर्थिक नीति, निरन्तर बढ्दो महँगी र आर्थिक असमानताको विरोध गर्दै प्रदर्शनलाई निरन्तरता दिएका छन्। उनीहरूले दैनिक उपभोग्य वस्तु तथा सेवाको बढ्दो मूल्यले सर्वसाधारणको जीवनयापन कठिन बन्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

लिङ्क सफलतापूर्वक कापि गरियो!