मृत्युदण्डको प्रयास असफल भएपछि क्रिस्टा पाइकको पहिलो सार्वजनिक बयान, भनिन्– ‘शरीर र आत्मा दुवै पीडामा छन्’

मृत्युदण्डको प्रयास असफल भएपछि क्रिस्टा पाइकको पहिलो सार्वजनिक बयान, भनिन्– ‘शरीर र आत्मा दुवै पीडामा छन्’

काठमाडौं । अमेरिकाकी ५० वर्षीया क्रिस्टा पाइकले गत सेप्टेम्बरमा मृत्युदण्ड दिने प्रयास असफल भएपछि पहिलो पटक सार्वजनिक बयान जारी गरेकी छन्।

शुक्रबार उनको कानुनी टोलीले सामाजिक सञ्जालमार्फत पाइकको बयान सार्वजनिक गरेको हो। बयानमा उनले मृत्युदण्डको असफल प्रयासपछि आफू निरन्तर शारीरिक तथा मानसिक पीडामा रहेको बताएकी छन्।

‘त्यो रातपछि यस्तो एउटा पनि पल बितेको छैन, जब मलाई पीडा नभएको होस्,’ उनले भनेकी छन्।

उनले आफ्नो शरीर, पाखुरा, हात र घाँटीमा अझै पीडा भइरहेको बताएकी छन्। साथै, आफूलाई बोल्नसमेत कठिन भइरहेको उनको भनाइ छ।

‘मेरो शरीरमा पीडा छ। मेरा पाखुराहरूमा पीडा छ। मेरो हात र घाँटीमा पीडा छ। मलाई अझै पनि बोल्न गाह्रो हुन्छ। यो पीडा केवल शारीरिक मात्र होइन। मेरो मन र आत्मामा पनि उत्तिकै पीडा छ,’ उनले बयानमा उल्लेख गरेकी छन्।

पाइकलाई गत महिनाको अन्त्यमा अस्पतालबाट डिस्चार्ज गरिएको थियो।

गत सेप्टेम्बरमा पेन्टोबार्बिटल औषधिका दुईवटा इन्जेक्सन दिएर उनलाई मृत्युदण्ड दिने प्रयास गरिएको थियो। तर, उक्त प्रक्रिया सफल हुन नसकेपछि उनको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो। यद्यपि, उनी उक्त प्रयासबाट जीवितै बच्न सफल भएकी थिइन्।

 
 
 
लिङ्क सफलतापूर्वक कापि गरियो!