नेप्से परिसूचक १७ अङ्कले बढ्यो, कारोबार साढे ४ अर्बमाथि

नेप्से परिसूचक १७ अङ्कले बढ्यो, कारोबार साढे ४ अर्बमाथि

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज १७ दशमलव १५ अङ्कले बढेर दुई हजार ५९१ दशमलव ८० विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ८० अङ्कले बढेर ४६५ दशमलव ८५ विन्दुमा पुगेको छ । त्यस्तै, फ्लोट सूचक एक दशमलव ४२ अङ्कले बढेर १७९ दशमलव १० विन्दुमा र सेन्सेटिभ फ्लोट सूचक एक दशमलव ५० अङ्कले बढेर १५७ दशमलव ४६ विन्दुमा पुगेको छ ।

आज विभिन्न कम्पनीका एक करोड २९ लाख पाँच हजार ९४२ कित्ता सेयर चार अर्ब ८३ करोड ७७ लाख २३ हजार ७६ रुपैयाँमा खरिदबिक्री भएका छन् ।

कारोबार भएका उपसमूहमध्ये १३ वटाको सूचक बढेको छ । आज १८० कम्पनीको सेयर मूल्य बढ्दा ८९ कम्पनीको घटेको छ भने १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज कुथेली बुखरी स्मल हाइड्रोपावर, सिन्धु विकास बैंक र सोलु हाइड्रोपावरलगायत कम्पनीका लगानीकर्ताले कमाएका छन् । त्यस्तै, रिज लाइन इनर्जी, आईसीएफसी फाइनान्स डिबेञ्चर र प्राइम डिबेञ्चरलगायतका लगानीकर्ताले गुमाएका छन् ।

लिङ्क सफलतापूर्वक कापि गरियो!