दिल्लीमा ‘ककरोच जनता पार्टी’का दुई सहसंयोजक पुनः पक्राउ

दिल्लीमा ‘ककरोच जनता पार्टी’का दुई सहसंयोजक पुनः पक्राउ

काठमाडौं । भारतको दिल्ली प्रहरीले ‘ककरोच जनता पार्टी’का सहसंयोजक सौरभ दास र आशुतोष रांकालाई पुनः नियन्त्रणमा लिएको छ।

जन्तरमन्तरमा विरोध प्रदर्शनका लागि जाने क्रममा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। उनीहरूसँगै पार्टीका सदस्य अजिंक्य शिन्देसहित अन्य समर्थकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ।

पार्टीका संस्थापक अभिजित दीपकेले सामाजिक सञ्जाल एक्समा भिडियो सार्वजनिक गर्दै पार्टीका समर्थकहरू राष्ट्रिय झण्डा बोकेर जन्तरमन्तर पुग्ने प्रयास गरिरहेको बताएका छन्।

उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गर्दै विरोध प्रदर्शनलाई रोक्न नसकिने टिप्पणीसमेत गरेका छन्।

प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिनुको आधिकारिक कारण र त्यसपछिको अवस्थाबारे भने थप विवरण सार्वजनिक भएको छैन।

लिङ्क सफलतापूर्वक कापि गरियो!