थाइल्यान्डमा तेल ट्याङ्कर डुब्दा चालक दलका छ सदस्य बेपत्ता

थाइल्यान्डमा तेल ट्याङ्कर डुब्दा चालक दलका छ सदस्य बेपत्ता

बैंकक । थाइल्यान्डको पूर्वी चोन बुरी प्रान्तको समुद्री तटनजिक बुधबार तेल ट्याङ्कर डुब्दा त्यसमा सवार चालक दलका छ सदस्य बेपत्ता भएका छन् ।

रोयल थाई नौसेनाका अनुसार तटबाट करिब २७ माइल टाढा बिहान ९ बजे ट्याङ्कर डुबेको सूचना प्राप्त हुनासाथ बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार कार्य सुरु गरिएको थियो ।

नौसेनाले फेसबुकमार्फत जारी गरेको विज्ञप्तिमा तेल चुहावटबाट हुन सक्ने असर नियन्त्रण गर्न समुद्री विभागसँग समन्वय भइरहेको जनाएको छ । साथै, घटनास्थलनजिक रहेका अन्य जलयानलाई सुरक्षित रूपमा आवतजावत गर्न सचेत गराइएको छ ।

बेपत्ता चालक दलका सदस्यहरूको खोजीका लागि आवश्यक सबै तयारी गरिएको नौसेनाले जनाएको छ । समुद्री वातावरणमा पर्न सक्ने सम्भावित प्रतिकूल असरको निरन्तर निगरानी भइरहेको र त्यसलाई रोक्न आवश्यक कदम चालिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

लिङ्क सफलतापूर्वक कापि गरियो!