काठमाडौं । ककरोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपकेले हजुरआमाको निधन भएपछि दुःखको यस घडीमा परिवारसँगै रहन गाउँ फर्किरहेको बताएका छन्।
शनिबार प्रहरी हिरासतमा लिइएका दीपके, पार्टीका सह-संयोजक सौरव दास र आशुतोष राङ्का आइतबार म्याजिस्ट्रेट अदालतको आदेशमा रिहा भएका हुन्।
रिहा भएलगत्तै सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै दीपकेले परिवारलाई साथ दिन गाउँ फर्किरहेको जानकारी दिएका छन्। उनले सीजेपीका सह-संयोजक सौरव दास र आशुतोष राङ्काले चाँडै दिल्लीमा पत्रकार सम्मेलन आयोजना गर्ने पनि बताएका छन्।
आफ्नो पोस्टमा दीपकेले पार्टी आफ्नो अडानबाट पछि नहट्ने र नडराउने उल्लेख गर्दै अक्टोबर १० लाई ‘तानाशाहीको अन्त्यको सुरुआत’ का रूपमा स्मरण गरिने बताएका छन्।
प्रहरी हिरासतबाट रिहा भएका यी नेताहरूले पछिल्ला राजनीतिक घटनाक्रम र पार्टीको आगामी रणनीतिबारे पत्रकार सम्मेलनमार्फत थप धारणा सार्वजनिक गर्ने जनाएका छन्।