अमेरिकी जनताले युद्धविरुद्ध मतदान गरेको इरानी सभामुख गालिबाफको टिप्पणी

अमेरिकी जनताले युद्धविरुद्ध मतदान गरेको इरानी सभामुख गालिबाफको टिप्पणी

काठमाडौं । इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले अमेरिकी निर्वाचनको नतिजाले अमेरिकी जनता युद्धको पक्षमा नरहेको स्पष्ट सन्देश दिएको बताएका छन्।

उनले अमेरिकी जनताले आफ्नो अन्तरात्माको आवाज र दैनिक जीवनयापनको चिन्तालाई ध्यानमा राख्दै युद्धको विपक्षमा मतदान गरेको दाबी गरेका छन्। गालिबाफले जनताको यस निर्णयप्रति समर्थनसमेत व्यक्त गरेका छन्।

उनले अमेरिकी सरकारलाई आफ्नै जनताको चाहनाविपरीत अघि नबढ्न चेतावनी दिँदै अन्य देशको दबाबमा परेर जनभावनाविपरीत निर्णय लिए गम्भीर परिणाम भोग्नुपर्ने बताएका छन्।

‘यदि अमेरिकी सरकार अन्य देशहरूको दबाबमा परेर आफ्नै जनताको चाहनाविपरीत अगाडि बढ्छ भने, यसले गम्भीर परिणामहरूको सामना गर्नुपर्नेछ,’ उनले भनेका छन्।

लिङ्क सफलतापूर्वक कापि गरियो!