मुम्बई । चर्चित गायक दिलजित दोसाँझको सांगीतिक टुर ‘औरा इन्डिया टुर २०२६’ अन्तर्गत बेङ्गलुरुमा हुने आगामी कन्सर्टमा बम विस्फोट गराउने धम्की आएको छ । धम्कीपछि उनको सुरक्षालाई लिएर चिन्ता बढेको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार बेङ्गलुरुमा दोसाँझको म्युजिकल कन्सर्टका क्रममा आईईडी बम विस्फोट गराउने धम्कीपूर्ण इमेल प्राप्त भएको प्रहरीले मंगलबार जानकारी दिएको हो ।
धम्कीपूर्ण इमेल पठाउने अज्ञात व्यक्तिविरुद्ध प्रहरीले एफआईआर दर्ता गरी अनुसन्धान सुरु गरेको छ ।
दोसाँझको आगामी कन्सर्ट नोभेम्बर २९ मा बेङ्गलुरुको मदावरा क्षेत्रमा रहेको नाइस ग्राउन्ड्समा आयोजना हुने तय भएको छ ।