Friday, February 7, 2025
Homeसामाचारविदेशबाट पनि श्रम स्वीकृति

विदेशबाट पनि श्रम स्वीकृति

काठमाडौँ: सरकारले विदेशबाटै श्रम स्वीकृति प्रदान गर्न सुरु गरेको छ। मस्कटस्थित नेपाली राजदूतावासले ओमानको सलालाबाट गत शुक्रबारदेखि यो सेवा सुरु गरेको हो।

सलालामा शुक्रबार र शनिबार आयोजित “राजदूतसँग प्रत्यक्ष संवाद” कार्यक्रमका क्रममा श्रमिक सचेतना, वित्तीय साक्षरता, सामाजिक सुरक्षा कोषमा आवद्धता तथा पासपोर्ट-कन्सुलर सेवासँगै श्रम स्वीकृति पनि प्रदान गरिएको दूतावासले मङ्गलबार जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ।

विभिन्न माध्यमबाट ओमान पुगेका तर श्रम स्वीकृति नभएका नेपालीलाई राजदूत डोरनाथ अर्याल र वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले संयुक्त रूपमा श्रम स्वीकृति प्रदान गर्नुभएको हो।

सो अवसरमा राजदूत अर्यालले नेपाली श्रमिकहरूको हकहित संरक्षणका लागि हरेक प्रकारको सहयोग गर्न तत्पर रहेको बताउनुभयो। त्यस्तै, महानिर्देशक खत्रीले श्रम स्वीकृति बिना विदेश जाँदा हुने समस्याबारे सचेत गराउँदै भविष्यमा त्यस्ता समस्याबाट जोगिन आग्रह गर्नुभएको विज्ञप्तिमा उल्लेख छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका