Tuesday, June 9, 2026
Home Blog Page 729

आन्दोलनमा दमन गर्नेविरुद्ध बंगलादेशको अन्तरिम सरकार अन्तर्राष्ट्रिय अदालत जाने

0

काठमाडौं: बंगलादेशको अन्तरिम सरकारले जुलाईमा आरक्षण विरोधी आन्दोलनका क्रममा मानिसहरूको ज्यान जानुमा जिम्मेवार रहेका व्यक्तिहरूबिरुद्ध अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरणमा मुद्दा चलाउने भएको छ।

कानून, न्याय र संसदीय मामिलासम्बन्धी अन्तरिम सरकारका सल्लाहकार आसिफ नजरुलले बुधबार भने, “आरक्षण सुधार आन्दोलनका क्रममा भएको ‘नरसंहार’ र गोलीबारीको लागि जिम्मेवारहरू विरुद्ध सुनुवाइका लागि केही मुद्दा दायर भइसकेको छ। तर विद्यार्थी, मानवअधिकार संगठन र अन्य धेरैले यसलाई मानवता विरुद्धको अपराधका रूपमा छानबिन गरिनुपर्छ भन्छन्।’

“हामीले जुलाईमा भएको ‘नरसंहार’का लागि जिम्मेवार व्यक्तिहरूलाई अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरणमा कारबाही गर्न सकिन्छ भन्ने पायौं।”

आसिफ नजरुलले भने, ‘अनुसन्धान टोलीले संयुक्त राष्ट्रसंघ अन्तर्गत काम गर्नेछ । हत्यामा संलग्न पूर्वप्रधानमन्त्री शेख हसिना लगायत कसैलाई पनि छुट दिइने छैन ।’

बंगलादेशमा गत जुलाईमा शेख हसिना सरकारविरुद्धको आरक्षण विरोधी आन्दोलनमा धेरै मानिस मारिएका थिए ।

युक्रेनी सेना रुसको कुर्स्कमा धेरै दिशाबाट अगाडि बढिरहेको छ: जेलेन्स्की

0

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनी सेनाले रुसको कुर्स्क क्षेत्रमा विभिन्न दिशाबाट अगाडि बढिरहेको दाबी गरेका छन् ।

“कुर्स्कमा हाम्रा सेनाहरू धेरै दिशाहरूबाट एक देखि दुई किलोमिटर अगाडि बढेका छन्,” जेलेन्स्कीले सोशल मिडिया प्लेटफर्म एक्समा एक पोस्टमा लेखेका छन् ।

तर, बीबीसीले स्वतन्त्र रूपमा यसको पुष्टि गर्न सकेको छैन। युक्रेनी सेनाले रुसी भूभागमा कति भूभाग कब्जा गरेको छ भन्ने अहिलेसम्म थाहा छैन।

जेलेन्स्कीले इन्स्टाग्राममा शेयर गरेको तस्विरमा उनी युक्रेनका शीर्ष कमाण्डर ओलेक्सान्डर सिर्स्कीसँग कुरा गरिरहेको देखिन्छ ।

यस भिडियोमा सिर्स्कीले युक्रेनी सेनाले कुर्स्कमा आक्रमण गर्दा १०० रुसी सैनिकलाई पक्राउ गरेको बताएका छन् । यसले हाम्रा जनताको फिर्तीलाई गति दिनेछ।

दुई दिनअघि रुसले आफ्नो कुर्स्क प्रान्तमा युक्रेनी सेना प्रवेश गरेको स्वीकार गरेको थियो । युक्रेनी सेनाले रुसका धेरै आवासीय क्षेत्र आफ्नो नियन्त्रणमा लिएको छ ।

 

कांग्रेस-एमालेको अरु पार्टीलाई सिद्धाउने षड्यन्त्र: झक्कु

0

काठमाडाैं: राष्ट्रियसभा सदस्य झक्कुप्रसाद सुवेदीले कांग्रेस-एमाले मिलेर अरु पार्टीलाई सिद्धाउने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्।

बिहीबार राष्ट्रियसभाको बिषेश समयमा बोल्दै सुवेदीले संविधान संशोधनमार्फत १० प्रतिशत थ्रेस होल्ड राखेर अरु पार्टी सिद्धाउने षडयन्त्र भइरहेको बताएका हुन्।

उनले लामो संघर्षपछि मुलुममा अधिकारप्राप्त संविधान बनेको भन्दै यसलाई मास्ने काम स्वीकार्य नहुने चेतावनी दिए। जनताबाट निर्वाचित कार्यकारी प्रमुखको व्यवस्थाका साथै पूर्ण समानुपातिक प्रणालीका लागि संविधान संशोधन गर्न उनले सुझाव दिए।

सुवेदीले लामो प्रजातान्त्रीक इतिहास बोकेको पार्टी कांग्रेस नै दुई दलीय प्रणालीमा विश्वास गर्ने अवस्था आउनु उचित नभएको उनकाे भनाइ थियाे। दुई दलीय प्रणालीबाट देशलाई कव्जा गर्न खोजे बंगलादेशको जस्तो अवस्था आउन सक्ने उनले बताए।

त्यस्तै राष्ट्रियसभा सदस्य नारायणदत्त भट्टले मुलुकको बिभिन्न आन्दोलनमा कांग्रसले खेलेको भूमिकालाई अवमूल्यन नगर्न आग्रह गरे। कांग्रेसका कारण मुलुक अहिलेको अवस्थामा आएको र सवैले बोल्न सक्ने अवस्था सिर्जना भएको उनले बताए।

उनले प्रजातन्त्रबादी दललाई कसैले अर्तिउपदेश दिन जरुरी नरहेको दाबी गरे। त्यस्तै दत्तले कांग्रेस र माओवादीले संयुक्त मत मागेर परिणाम आएपनि जनतालाई बेइमानी कसले गर्यो भन्ने स्पष्ट रहेको बताए।

 

साफ यू-२० च्याम्पियनसिपका खेलहरु एन्फा कम्प्लेक्समा हुने

0

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू-२० च्याम्पियनसिपका खेलहरु ललितपुर सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा हुने बताएको छ।

आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा एन्फाले दक्षिण एसियाली फुटबल महासंघको क्यालेन्डर अनुसार भाद्र २ गते देखि १२ गतेसम्म हुने साफ यू-२० च्याम्पियनसिपको तयारी पुरा भएको र खेलहरु एन्फा कम्प्लेक्समा हुने बताएको हो।

एन्फाका प्रवक्ता सुरेश शाहले सेमिफाइनल र फाइनल खेल दशरथ रंगशालामा गर्ने तयारी गरे पनि रंगशालाको अवस्थाका कारण कठिन भएको उनले बताए। म्याच कमिस्नरले निरिक्षणपछि मात्रै सेमिफाइनल र फाइनल खेलहरु दशरथ रंगशाला हुने वा नहुने टुङ्गो लाग्ने उनले बताए।

उनले अहिलेका लागि रंगशालाको बिकल्पमा रुपमा एन्फा कम्प्लेक्सलाई स्वीकृत गराइएको जानकारी दिए। प्रवक्ता शाहले रंगशालाको मर्मत सम्भार राम्रोसँग नभएकाले अहिलेको अवस्था आएको उल्लेख गरे।

यू-२० च्याम्पियनसिपमा सहभागी हुने ६ राष्ट्रलाई २ समूहमा विभाजन गरिएको। समूह ए मा नेपाल सहित बंगलादेश र श्रीलंका रहेका छन्। समुह बी मा भारत, माल्दिभ्स र भुटान रहेका छन्।

नेपाल र श्रीलंकाले उद्घाटन खेलमा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको अनुमानित बजेट रु ३ करोड १० लाख ५३ हजार ९ सय रहेको एन्फाले जनाएको छ।

 

ओली सरकारबारे प्रचण्ड संसदमै बोल्ने: पार्टी नफुट्ने दाबी

0
फाइल फोटो

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान केपी ओली सरकारको काम कारबाहीबारे केही दिनमा संसदमै बोल्ने बताउनुभएको छ।

बिहीबार पार्टी कार्यालयमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले ‘यो सरकारको विषयमा म केही दिनमा संसद्‌मै बोल्छु ।’ त्यसैगरी पार्टी विभाजनबारे चलेको हल्ला पनि गलत भएको’ बताउनुभयो।
उहाँले भन्नुभयो, “पार्टी फुट्ने हल्ला निराधार हो । पार्टीमा गरिएको आशङ्का र भ्रम पनि यो बैठकबाट चिरियो।”

टीआरसी विधेयकका सवालमा प्रचण्डले अब शान्ति प्रक्रिया टुङ्गोमा पुग्न लागेको भन्दै लामो समय लगाएर विधेयकलाई पीडित मैत्री बनाउने प्रयास गरिएको बताउनुभयो । ‘पीडित साथीहरूलाई ढुक्क रहन आग्रह गर्छु अब सबै मिलेर कार्यान्वयनमा लैजानुपर्छ । उनीहरूका लागि परिपूरण र सम्मान भएकाले कसैले पनि अन्यथा लिनुपर्ने छैन’, उहाँको भनाइ छ ।

 

सुनका गहना किन्ने भन्दै चोरी, चोरीका सुन किन्नेसहित दुई पक्राउ

0

काठमाडौँ: काठमाडौँको न्यूरोडबाट सुनका गहना चोरी गर्ने र चोरीका सुन खरिद गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

गहना चोरी गर्ने ललितपुरकी लिना नकर्मी र खरिद गर्ने भारत घर भई न्यूरोडमा सुन व्यवसाय गर्दै आएका चित्र रञ्जन हजारालाई पक्राउ गरी कारबाही थालिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

काठमाडौँको न्यूरोडमा यही साउन २५ गते नारायण ज्वेलर्सबाट तीन महिला सुनका गहना खरिद गर्ने भनी दुई तोला २० लालको सिक्री चोरेर फरारभएका थिए । उक्त विषयमा अनुसन्धान गर्दा चोरीमा संलग्न लिना नकर्मीलाई यही साउन २९ गते ललितपुरको पुलचोकबाट पक्राउ परिएको थियो ।

थप अनुसन्धान गर्ने क्रममा उनले चोरी गरेका सुनका गरगहना न्यूरोडमा रहेको जगन्नाथ ज्वेलर्समा बिक्री गर्ने गरेको खुल्न आएपछि सञ्चालक हजारालाई पनि पक्राउ गरिएको आचार्यले बताउनुभयो । दुवैै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त जनसेवा काठमाडौँमा पठाइएको छ ।

नकर्मीले पहिले पनि चोरी गरेको अन्दाजी १७ ग्रामको सुनको सिक्री सोही ज्वेलर्सलाई बिक्री गरेको खुल्न आएको छ । त्यस्तै उनको साथबाट आधिकारिकता पुष्टि हुन नसकेको अन्दाजी दुई तोला बराबरको सुनको सिक्री पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

भदौ ११ देखि ‘नाडा अटो शो २०२४’ सुस्ताएको अटो क्षेत्र चलायमान हुने विश्वास

0

पाटन (ललितपुर): ‘नाडा अटो शो २०२४’ आगामी भदौ ११ देखि १६ गतेसम्म आयोजना गरिने भएको छ । अटोमोबाइल्स एशोसिएशन अफ नेपालले ललितपुरमा पत्रकार सम्मेलन गरी काठमाडौँको भृकुटीमण्डप प्रदर्शनीस्थलमा ‘अटो शो’ गर्न लागिएको जानकारी दिएको हो ।

दुई दशक अघिदेखि प्रदर्शनीलाई निरन्तरता दिँदै आएको नेपालको अटोमोबाइल एशोसिएशनले यस वर्ष अटोमोबाइल प्रदर्शनी, टाटा ईभी, नाडा अटो शो २०२४ गर्न लागिएको नाडा अटो शो २०२४ को समितिका कार्यवाहक संयोजक अनुपकुमार बरालले जानकारी गराउनुभयो ।

बरालका अनुसार यस वर्षको प्रदर्शनीमा २४ वटा चार पाङ्ग्रे ब्राण्ड, १९ वटा दुई पाङ्ग्रे ब्राण्डहरू र १२ वटा हल्का व्यावसायिक सवारी साधनका ब्रान्डहरू प्रदर्शनीमा रहनेछन् ।

“३३ कम्पनीहरू जुन लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टमा विशेषज्ञह रहनेछन्, ७ वित्तीय संस्थाहरूले विशेष रूपले अनुकूल वित्तीय समाधान प्रदान गर्नेछन् । प्रदर्शनीमा ९५ प्रदर्शक सहभागी हुनेछन्, जसले एक सय ३० स्टलमा आफ्ना उत्पादन र सेवा प्रदर्शन गर्नेछन्”, उहाँले भन्नुभयो ।

पोखरामा रात्रिकालीन व्यवसायमा काम गर्न लगाइएका सात जना बालिकाको उद्धार

0

गण्डकी: पर्यटकीय राजधानी पोखरामा रात्रिकालीन व्यवसायमा काम गर्न लगाइएका सात जना बालिकाहरूको बुधबार उद्धार गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, श्रम कार्यालय, पोखरा महानगरपालिका र शक्ति समूह नेपाल संस्थाको संयुक्त टोलीले ती बालिकाहरूको उद्धार गरेको हो ।

पोखरा महानगरपालिका–९ क्लब डिबाट तीन, पोखरा–८ स्थित गाउँसहर दोहोरी साँझबाट दुई र सोही स्थानमा रहेको साइनो दोहोरी साँझबाट दुई बालिकालाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय प्रशासनले पोखरामा सञ्चालित रात्रिकालीन व्यवसायमा काम गर्न लगाइएका बालिकालाई उद्धार गर्दै आएको छ ।

कालिकोटका किसान स्याउ प्रतिकिलो रु ५० मा बेच्दै

0

मान्म (कालीकोट): कालीकोटमा किसानले बारीबाटै रु ५० मा प्रतिकिलो स्याउ बिक्री गर्न थालेका छन् । साउनको तेस्रो साता लागेसँगै किसानले स्याउ टिपेर बिक्री गर्न सुरु भएका हुन् ।

जिल्लामा सबैभन्दा बढी स्याउ उत्पादन हुने तिलागुफा नगरपालिका र रास्कोट नगरपालिकाका किसान स्याउ टिप्न व्यस्त हुन थालेका तिलागुफा–१ का रजबहादुर बुढाले बताए । “नगरपालिकाले साउन २० गतेदेखि स्याउ टिप्न किसानलाई आग्रह गरेको थियो”, उनले भने, “अहिले बारीमा नै प्रतिकिलो रु ५० मा बिक्री भइरहेको छ ।”

बढी मूल्य पाउने आशामा किसानले छिटो स्याउ टिप्दा स्वाद हराउने भएकाले नगरपालिकाले साउन २० गतेदेखि मात्र टिप्न आग्रह गरेको तिलागुफा–४ का पूर्वअध्यक्ष खड्कराज शाहीले बताउनुभयो । “जिल्लामा यति बेला स्याउ टिप्ने सिजन सुरु भएकाले सबै किसान निकै व्यस्त छन्”, उनले भने, “अहिले ठेकेदार बगैँचामा आएर स्याउ लिने गरेका छन् ।”

स्याउ बजार लैजान समस्या रहेको भन्दै मूल्य पनि कम पाउने गरेको रास्कोट नगरपालिका–८ फुकोटका पुष्पराज बरालले बताउनुभयो । “स्याउ उत्पादन प्रशस्त हुन्छ । यहाँको लेकाली क्षेत्रबाट स्याउ बजारसम्म पुर्याउन ढुवानी खर्च महँगो पर्छ”, उहाँले भन्नुभयो, “ठेकेदारले बारीमा आएर स्याउ लैजाने गरेकाले मूल्य कम भए पनि ढुवानीको समस्या भने अहिले छैन ।” किसानले उत्पादन गरेको स्याउ बिक्री र ढुवानीका लागि अनुदान दिने गरिएकोे जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

सिस्नोको पाउडर र गुन्द्रुकले बजार नपाएपछि उद्योग सञ्चालन गर्ने वा बन्द गर्ने दोधारमा

0

ढोरपाटन (बागलुङ): बागलुङको जैमिनी नगरपालिका–३ दमेकका महिला उद्यमीले उत्पादन गरेको सिस्नोको पाउडर, बाँकोको गुन्द्रुक, आलु चिप्सलगायतका उत्पादनले बजार नपाएपछि निराश बनेका छन् । रुद्रताल सामाजिक महिला सहकारी संस्थामार्फत गत वर्षदेखि उत्पादित सामग्रीले बजार नपाएपछि उनीहरु निराश भएका हुन् ।

गाउँको उत्पादनलाई ‘प्याकेजिङ र ब्राण्डिङ’ गरी उद्यममा लागेका महिलाहरु अहिले उद्योग सञ्चालन गर्ने वा बन्द गर्ने दोधारमा छन् । विभिन्न सरकारी सङ्घ संस्थाबाट अनुदान पाएर उत्साहित भएका उनीहरु बजार नपाएपछि अन्योलमा परेका हुन् । सहकारीमार्फत महिलालाई आयआर्जनसँग जोड्न जैमिनी नगरपालिकाले रु १० लाख, प्रधानमन्त्री आधुनिकीकरण परियोजनाले रु छ लाख, कृषि ज्ञान केन्द्रले रु दुई लाख ५७ हजार र गण्डकी प्रदेश सरकारले रु एक लाख अनुदान दिएको थियो । अनुदान पाएपछि उत्साहित भइ उत्पादनमा लागेका महिलालाई अहिले बजारको चिन्ताले पिरोलेको छ ।

सहकारीकै भवनमा उद्योग सञ्चालन गरेका महिलाले बाँको, सिस्नो प्रशोधन गर्दै आएका छन् । रुद्रताल सामाजिक महिला सहकारीका कोषाध्यक्ष तारादेवी पुनका अनुसार पाँच सय ५० जना महिला आबद्ध भइ सहकारीमार्फत उत्पादनमा जुटेका थिए ।

सुरुमा उत्पादनले राम्रो बजार पाएको थियो । अहिले बजार नपाउँदा कुहिने समस्या भएको पुनले बताउनुभयो । सिस्नोको पाउडर एक वर्षसम्म नबिग्रिए पनि आलु चिप्स एक महिनामै खान नमिल्ने हुँदा घाटा भएको उहाँको भनाइ छ ।

नगरपालिका तथा अन्य निकायले बजारको व्यवस्थापन गरी दिए गाउँका सयौँ महिला स्वरोजगार बन्ने उहाँ बताउनुहुन्छ । मेला महोत्सव लाग्दा महिलाहरुले सिस्नोको पाउडर, बाँकोको गुन्द्रुक तथा अन्य स्थानीय उत्पादन ‘स्टल’मै राखेर बिक्री गरिएको थियो ।

“गाउँमै केही गरौँ भनेर दिदीबहिनी मिलेर घरेलु उद्योग सञ्चालन गरेर स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न थाल्यौँ, सुरु–सुरुमा राम्रो पनि भयो, तर अहिले हाम्रो उत्पादनले बजार पाउन सकेको छैन”, पुनले भन्नुभयो, “बजार पाएन भने बिग्रिने र म्याद सकिने हुन्छ, अहिले हामीहरुले उत्पादन गर्नै छोडेका छौँ ।”

महिलाहरुले रु २० लाख लगानीमा उद्योग सुरु गरेका थिए । जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले महिला उद्यमीलाई लेबलिङ, प्याकेजिङ र ब्राण्डिङ गरेर बजारीकरणमा सहजीकरण गरिरहेको बताउनुभयो । अहिले बर्खामा ग्रामीण सडक अवरुद्ध हुँदा बजारीकरणमा समस्या भएको र नगरपालिकाले यसै वर्षदेखि कृषि एम्बुलेन्स खरिद गरी उत्पादित वस्तु बजारमा पुर्याउन सहयोग गर्ने उपप्रमुख शर्माले बताउनुभयो ।