Wednesday, October 9, 2024
Homeभिडियोसौरपानी मिडिया प्रा.लि.

सौरपानी मिडिया प्रा.लि.

लामो समयदेखि अमेरिकामा स्थायी बसोबास गर्दै आएका गोरखा जिल्लाको सौरपानीमा जन्मिएका  साहित्यकार मणि नेपाली पनेरूले आफ्नो प्यारो जन्मभूमि सौरपानीकै नाममा ‘सौरपानी मिडिया प्रा. लि.’ नेपाल सरकारमा दर्ता गरेका छन्। विदेशमा बसे पनि मातृभूमिको अगाध प्रेमको कारण आफू जन्मिएकै ठाउँको नाममा मिडिया प्रा. लि. दर्ता गरेको पनेरूले बताए।  

उनले मिडिया दर्ता गरेलगत्तै उक्त  ब्यानरकै नामबाट आफ्नो प्यारो जन्मभूमि सौरपानीको सम्मानमा “मानिस ठूलो दिलले हुन्छ” नामक नेपालको पहिलो सम्वादसहितको  गीति चलचित्र निर्माणको घोषणा गरी बुधबारबाटै यसको शूटिंग समेत सुरू गरेका छन्। मातृभूमिप्रतिको अलिकति भए पनि गुण तिर्न र  ईश्वरको सुन्दर सृष्टिलाई  मानिसले लगाएको धब्बा मेटाउन महत्वपूर्ण भूमिका खेलोस्  भन्ने उद्देश्यले मातृभूमिको नाममा मिडिया प्रा.लि. दर्ता गरी चलचित्र निर्माण गर्न लागेको बताए। ‘ यो एउटा सानो प्रयास हो, एक सत्प्रयास हो। सामाजिक न्यायको बुलन्द आवाज बोकेको यो चलचित्रले समाजमा अलिकति भए  पनि सकारात्मक सन्देश लाने आशा गरेको छु। यो प्रयासलाई पल-पल साथ दिने मेरा सहकर्मी अविनाश  न्यौपानेको अतुलनिय भूमिका र योगदान रहेको छ। यसका साथै मेरा अनन्य मित्र वरिष्ठ सङ्गीतकार पूर्ण नेपाली, चलचित्र निर्देशक देवेन्द्र पाण्डे, नायिका श्रेया  कार्कीलगायत सम्पूर्णलाई हार्दिक धन्यवाद दिन चाहन्छु’ उनले थपे। 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका