काठमाडौँ, १६ भदौ । नेपाली बजारमा सुनको मूल्य निरन्तर नयाँ किर्तिमान कायम गरिरहेको छ। आइतबार तोलामा रू २,०३,६०० पुगेको सुन सोमबार थप रू १,७०० ले बढ्दै तोलामा रू २,०५,३०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यस्तै, चाँदीको मूल्य पनि उकालो लाग्दै सोमबार तोलामा रू २,४७० पुगेको छ। आइतबार यो मूल्य तोलामा रू २,४२५ थियो।
अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस करिब अमेरिकी डलर ३,४८० मा कारोबार भइरहेको छ।


