Monday, November 4, 2024
Homeविचित्र संसारसरकारले जमीन बाँझो राखे १ लाख जरिवाना गर्ने नियम बनाउँदा मलको अभावले...

सरकारले जमीन बाँझो राखे १ लाख जरिवाना गर्ने नियम बनाउँदा मलको अभावले किसान पीडित

सुर्खेत। सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दा जमीन बाँझो राखे १ लाख रुपैयासम्म जरिवाना गर्ने नियम बनाएसंगै सरकारले नै समयमा मल उपलब्ध गराउन नसक्दा किसान मर्कामा पर्न थालेका छन्।  

 

अहिले कर्णालीमा रासायनिक मलको अभाव भएको छ। खेतीपातीको सिजनका बेला मल अभाव भएको हो। वर्षायाम सुरु हुनै लाग्दा किसान खेतबारीतिर लागेका छन्। कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश भनिए पनि यहाँ दिनानुदिन रासायनिक मलको प्रयोग बढ्दो छ। खेतीपातीको सिजन सुरु भएसँगै वर्षेनी कर्णालीमा मल अभावको समस्या हुँदै आएको छ।

 

विगतका वर्षझैँ कर्णालीका कृषकले यसपालि पनि मल नपाउने भएका हुन्। कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतमा अहिले एक सय ५० टन डिएपी र १० टन पोटास मौज्दात रहँदा युरिया मलको अभाव छ।

 

दैनिक वितरणको अवस्था हेर्ने हो भने कम्पनीसँग १० दिनलाई मात्र पुग्ने युरिया बाहेकको मल बाँकी छ। चालु आर्थिक वर्षको मंसिर मसान्तमा ६ सय ३५ टन डीएपी मल आएकोमा पाँच सय ३० टन विक्री भएको छ।

 

युरिया चालु आर्थिक वर्षको मंसिर मसान्तमै ८ सय ९४ टन आएकोमा गत चैत २३ गते नै सकिएको छ। अहिले कम्पनीसँग युरिया मल छैन। कृषि सामाग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख अमूल्यलाल श्रेष्ठलले गत मंसिरमै आएको ७३ टनपोटास मल ६३ टन विक्री भइसकेको बताए।

 

‘हामीसँग अहिले डीएपी र पोटास मलमात्र मौजदात छ,’उनले भने्, ‘यसलाई समानुपातिक हिसावले वितरण गरिरहेका छौं। भारत सरकारले मल दिने भनिए पनि पछिल्लो समय नदिने भएपछि मल अभाव भएको छ । कम्पनीमा मल आउने नआउने विषय निश्चित पनि छैन।’

 

कम्पनीले कर्णाली प्रदेशका सल्यान र रुकुमबाहेकका आठ जिल्लामा दर्ता भएका १०८ सहकारी संस्थामार्फत मल वितरण गर्दै आएको छ । कर्णालीमा युरिया मल बढी खपत भएपनि साविक कर्णाली अञ्चलमा रासायनिक मलको प्रयोग कम हुने गरेको कार्यालयले जनाएको छ।

साविक भेरी अञ्चलका पाँच जिल्लामा भने रसायनिक मलको प्रयोग बढ्दै गएको प्रमुख श्रेष्ठले दाबी गरे। कर्णालीमा वितरण हुने मलमा कम्पनीले ७० र ३० प्रतिशत साल्ट ट्रेडिङ्ग कर्पोरशनले वितरण गर्दै आएको छ । हाल साल्ट ट्रेडिङ्गमा पनि युरिया मलको अभाव छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका