Friday, February 7, 2025
Homeराजनीतिसङ्घीयता सुदृढीकरण र समावेशिताका लागि संविधान संशोधनमा सहयोग गर्छौंः राजकिशोर यादव

सङ्घीयता सुदृढीकरण र समावेशिताका लागि संविधान संशोधनमा सहयोग गर्छौंः राजकिशोर यादव

काठमाडौँ: जनता समाजवादी पार्टीका उपाध्यक्ष एवं सांसद राजकिशोर यादवले संघीयता सशक्त बनाउन, समावेशी राज्य निर्माण गर्न र आर्थिक समृद्धिका लागि संविधान संशोधन आवश्यक रहेको बताउनुभएको छ।

“विविधतालाई सम्बोधन गर्ने शासन प्रणाली र संघीयतालाई अधिकारसम्पन्न बनाउनु हाम्रो चाहना हो,” यादवले भन्नुभयो।

पार्टीका गतिविधि र संसदीय काममा व्यस्त रहेको जानकारी दिँदै उहाँले भर्खरै सम्पन्न कार्यकारिणी बैठकमा संगठन सुदृढीकरण र जनसमस्याबारे छलफल भएको बताउनुभयो।

संविधान संशोधनको आवश्यकता औंल्याउँदै उहाँले संघ, प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँड स्पष्ट हुनुपर्ने र राज्यलाई थप समावेशी बनाउनुपर्ने धारणा राख्नुभयो।

वर्तमान राजनीतिक परिदृश्यलाई लिएर उहाँले दलहरु विचार र सिद्धान्तबाट विचलित भएको, भ्रष्टाचार नियन्त्रण र सुशासनको अभाव रहेको टिप्पणी गर्नुभयो।

मधेस केन्द्रित दलबीच सहकार्यका प्रयासबारे उहाँले वैकल्पिक लोकतान्त्रिक शक्ति निर्माणको लक्ष्यसहित बृहत् मोर्चाबन्दीको तयारी भइरहेको जानकारी दिनुभयो।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका