काठमाडौं । संघीय संसद् अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दै छ। बैठक शुक्रबार दिउँसो १ बजे समितिको बैठक कक्षमा निर्धारित गरिएको छ।
आजको बैठकमा संघीय संसदको आसन्न निर्वाचनको तयारीबारे निर्वाचन आयोग, नेपालसँग छलफल गरिने कार्यसूची रहेको समितिले जनाएको छ।


