Thursday, December 11, 2025
Homeअन्तराष्ट्रियरगतमा पाइने ब्याक्टेरियाबाट नयाँ एन्टी–एजिङ यौगिकको खोज

रगतमा पाइने ब्याक्टेरियाबाट नयाँ एन्टी–एजिङ यौगिकको खोज

काठमाडौँ – वैज्ञानिकहरूले रगतमा बसोबास गर्ने तर कम अध्ययन गरिएको ब्याक्टेरियाबाट उत्पादन हुने नयाँ एन्टी–एजिङ यौगिकहरू (इन्डोल मेटाबोलाइट) पत्ता लगाएका छन्। यी यौगिकहरूले भविष्यमा छाला पुनर्जागरण (स्किन–रिजुभेनेसन) उपचारका लागि नयाँ बाटो खोल्न सक्छन्।

प्रयोगशालामा मानव छाला कोषमा गरिएको परीक्षणमा यी यौगिकहरूले सूजन, अक्सिडेटिभ स्ट्रेस र कलेजेन नष्ट गर्ने प्रक्रियालाई उल्लेखनीय रूपमा घटाउने क्षमता देखाएका छन्। १२ इन्डोल यौगिकमध्ये तीन–जसमध्ये दुई पहिले कहिँ नदेखिएका सबैभन्दा प्रभावकारी प्रमाणित भएका छन्।

अनुसन्धान टोलीका अनुसार यी प्राकृतिक अणुहरू शरीरभित्रै रहेका पाराकोकस सान्जुइनीस नामक रक्त–ब्याक्टेरियाबाट उत्पादन हुन्छन्। यी यौगिकहरूले छालामा हुने क्षति र सूजन दुवै घटाउने क्षमता राख्छन्।

टोलीले तीन दिनसम्म ब्याक्टेरियालाई कल्चर गरी त्यसले उत्पादन गरेका मेटाबोलाइटहरू संकलन गरेको थियो। स्पेक्ट्रोमेट्री, आइसोटोप लेबलिङ र कम्प्युटेशनल प्रविधिको प्रयोग गरी १२ फरक–फरक इन्डोल यौगिक पहिचान गरिएका छन्, जस मध्ये ६ यौगिक पहिलोपटक वैज्ञानिक अभिलेखमा दर्ता भएका हुन्।

परीक्षणमा यी यौगिकहरूले अत्यधिक रिएक्टिभ अक्सिजन स्पिसिज घटाए, सूजनसँग सम्बन्धित प्रोटिनका स्तर कम गरे र कलेजेन विघटनमा संलग्न प्रोटिनलाई पनि कम गरे।

अनुसन्धानकर्ताहरूका अनुसार प्रारम्भिक परिणाम उत्साहजनक छन् र भविष्यमा बुढ्यौलीका असरहरू घटाउने स्किन–केयर उपचारको विकासमा योगदान पुर्‍याउन सक्छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका