Monday, January 20, 2025
Homeअर्थ र ब्यापारमातृभूमि कै सेवा गर्न अमेरिकाबाट नेपाल आए मणि नेपाली पनेरु

मातृभूमि कै सेवा गर्न अमेरिकाबाट नेपाल आए मणि नेपाली पनेरु

बारपाक: बारपाक सुलिकोट गाउँपालिका–४ सौरपानीमा ‘मिलाप मसला उद्योग’ संचालनमा आएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शनिबार एक कार्यक्रमकाबीच उद्धघाटन गरेसँगै उद्योग संचालनमा आएको हो ।

उद्योगको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री पाण्डेले यस्ता उद्योगहरु संचालनमा आउन जरुरी रहेको बताउनुभयो ।

मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “युवाहरु रोजगारीका लागि विदेशीने क्रम बढिरहेको अहिलेको अवस्थामा लामो समयदेखिको अमेरिकाको बसाइ छोडेर आफ्नो जन्मभूमिमै केही गर्छु भन्ने पवित्र उद्देश्य बोकेर उद्योग संचालन गर्नु उदाहरणीय कार्य हो।” उहाँले भन्नुभयो “यसले सामूहिक भावनाको विकास गर्नुको साथै बाँझो जमिनको उपयोग भएको भएको छ, यस्ता योजनाहरुलाई प्रवर्द्धन गर्नु हामी सबै सरोकारवाला निकायहरुको दायित्व हो ।” विदेशमा सिकेका सीपलाई देशमा लगानी गर्ने हो भने राम्रो आम्दानी गर्न सकिने उहाँले बताउनुभयो।

संस्थाका सदस्य एवं संरक्षक मणि नेपाली पनेरुको पहलमा संचालित ‘मिलाप मसला उद्योग’ मा बेसार, कफी, टिमुर र कुरीलो जस्ता मसलाजन्य वस्तु उत्पादन हुने सहकारीका सचिव टंक प्रसाद न्यौपानेले बताए । ‘मणिनेपाली पनेरु अमेरीकाका प्रोफेसर हुन्, आफ्नै गाउँठाउँमा केही गर्नुपर्छ भनेर उहाँको अग्रसरतामा उद्योग संचालनमा आएको हो’, उनले भने, ‘हामीले करिब २०० रोपनी जग्गा लिजमा लिएर कफी, कुरीलो र टिमुरको विरुवा आँफैले उत्पादन गरी खेतीसमेत गरिसकेका छौं।’

३३ जना सदस्य रहेको मिलाप कृषि सहकारीले आफ्नै कृषि विज्ञ र कर्मचारीहरुसंगको सहकार्यमा उद्योग संचालन गरिरहेको उनले बताएका छन् । उद्योग संचालनमा आएसँगै स्थानीयहरुलाई सामूहिक खेती गर्ने बानीको विकास भएको उनको भनाइ छ ।

मिलाप कृषि सहकारीका अध्यक्ष कुलप्रसाद न्यौपानेको अध्यक्षता एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे प्रमुख आतिथ्यतामा सम्पन्न उद्धघाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहाल, बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्ट, बारपाक सुलिकोट गाउँपालिका वडा नं–४ का वडाअध्यक्ष भिमबहादुर गुरुङ, कृषि ज्ञान केन्द्र गोरखा, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र शुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु लगायतको उपस्थीति रहेको थियो ।

मणि नेपाली पनेरु लामो समयदेखि अमेरिकामा बसोबास गरी अमेरिकामै पनि साहित्य, सामाजिक कार्य गरी नेपालको नाम चिनाउने कार्यका सक्रिय हुनुभएको र अमेरिकी सरकारबाट विभिन्न समयमा विभिन्न मान, सम्मान र पदवीबाटसमेत पुरस्कृत हुनुभएको छ। पछिल्लो समय आफ्नै जन्मभूमिमा केही लगानी गरी स्वदेशमै रोजगारी सिर्जना गर्ने गर्ने उद्देश्यले उहाँ नेपाल फर्किनुभएको हो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका