Friday, February 7, 2025
Homeस्वास्थ्य र जीवनशैलीबिरामीलाई औषधि छैन, उपकरण बिग्रियो भन्नेलाई अब कारबाही हुन्छ : स्वास्थ्य मन्त्री...

बिरामीलाई औषधि छैन, उपकरण बिग्रियो भन्नेलाई अब कारबाही हुन्छ : स्वास्थ्य मन्त्री पौडेल

भक्तपुर: स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालका फार्मेसीले बिरामीलाई औषधि छैन भनेर बाहिर पठाए कडा कारबाही हुने चेतावनी दिनुभएको छ।

विश्व क्यान्सर दिवसको अवसरमा भक्तपुर क्यान्सर अस्पतालमा आयोजित ‘रिपोर्टिङ भेन्डिङ मेसिन’ को उद्घाटन गर्दै मन्त्री पौडेलले फार्मेसीको लापरबाही अब सह्य नहुने बताउनुभयो।

“कतिपय फार्मेसीले नियतवश बिरामीलाई औषधि छैन भन्ने गरेको सुन्नमा आएको छ। यस्तो प्रवृत्तिलाई अब सह्य गरिँदैन। यदि औषधि छैन भने त्यो फार्मेसी किन राख्ने?” मन्त्री पौडेलले भन्नुभयो।

उहाँले अस्पतालका उपकरण बिग्रिएर हप्तौँसम्म नबनेको कारण बिरामीलाई बाहिर जान बाध्य पार्ने प्रवृत्ति अन्त्य गर्न पनि निर्देशन दिनुभयो।

स्वास्थ्य बिमा सुधारको योजना

स्वास्थ्य बिमालाई एकीकृत प्रणालीबाट लागू गर्नुपर्नेमा जोड दिँदै उहाँले अस्पतालहरूमा बिमा काउण्टर राख्न निर्देशन दिएको बताउनुभयो। “नगदमा सेवा सस्तो तर बिमाबाट महँगो शुल्क लिने गलत प्रवृत्ति बन्द गर्नुपर्छ,” मन्त्री पौडेलले भन्नुभयो।

स्वास्थ्य बिमा योजना रू १ लाखबाट बढाएर रू ५ लाख पुर्याउने तयारी भइरहेको जानकारी पनि उहाँले दिनुभयो।

क्यान्सर नियन्त्रण र एचपिभी खोप अभियान

क्यान्सर नियन्त्रणमा जनचेतना जरुरी रहेको बताउँदै मन्त्री पौडेलले देशभरि १० वर्षदेखि १४ वर्षसम्मका किशोरीलाई एचपिभी खोप दिन ८,२०० खोप केन्द्रमा व्यवस्था गरिएको जानकारी दिनुभयो।

कार्यक्रममा क्यान्सर बिरामीलाई सम्मान गरिएको थियो भने लामो समयदेखि स्वयंसेवकका रूपमा सेवा गरिरहनुभएका शङ्कर प्रधानाङ्ग र दीपक ओलीलाई विशेष सम्मान गरियो।

अस्पताल विकास समितिका अध्यक्ष दिपेन्द्ररमण सिंहलगायतले बिरामीलाई सहज र प्रभावकारी सेवा दिनुपर्नेमा जोड दिनुभयो।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका