Homeमनोरन्जनबाबुआमा र र्याप गायक जी-बब बीच तीन बुँदे सहमति

बाबुआमा र र्याप गायक जी-बब बीच तीन बुँदे सहमति

मेरो व्यक्तिगत स्वतन्त्रता मेरो बाबुआमाले हनन गरे, मलाई अबदेखि बाबुआमा चाहिंदैन, म अबदेखि घर पनि कहिल्यै जान्न’ भनेर बाबुआमाको विरुद्धमा जिल्ला प्रशासन कार्यालयमा ‘बाबुआमाबाट छुटकारा पाउँ’ भनी निवेदन समेत हालेर पत्रकार सम्मेलन मार्फत् आफू स्वतन्त्र हुन चाहेको घोषणा गरेका जी-बब नामले चर्चित र्यापर सुदिप भण्डारी र उनको परिवार वीच तीन बुँदे सहमति भएको छ।  

सोमबार उनीहरूबीच तीन बुँदे सहमति भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। 

जी-बब उनका बुवा राजकुमार भण्डारी र उनले उपचार गरिरहेका समर्पण समाज नेपाल कपनका सञ्चालक टासी लामाबीच प्रहरी परिसरमा छलफल भएको थियो। 

उक्त छलफलपछि तीन बुँदामा सहमति भएको हो। 

सहमतिका बुँदाहरू यस प्रकार छन्:

१. जी-बबको इच्छाअनुसार उनलाई समर्पण समाज नेपाल, कपनस्थित सुधार गृहमा राखिने

२. जी-बबले चाहेको समयमा आमा-बुवालाई भेट गराउने व्यवस्था समाजले मिलाउने 

३. कुनै  पनि प्रकारको कार्यक्रममा भाग लिनुपरेमा आमा-बुवाको सहमति लिनुपर्ने उल्लेख गरिएको छ।

सम्बन्धित समाचार

1 COMMENT

  1. वा क्या बिडम्बना, अब हुँदा हुँदै सन्तान र् बाबु आमा बीच पनि सहमती खोज्न पर्ने , के जमाना आयो नी बरिलै !!!

Comments are closed.

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका