Saturday, January 18, 2025
Homeराजनीतिपूर्व राष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा फर्किन लागेको विषयमा बाबुरामको असहमति

पूर्व राष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा फर्किन लागेको विषयमा बाबुरामको असहमति

काठमाडौं: पूर्व राष्ट्रपति र उपराष्ट्रपति दलीय राजनीतिमा सक्रिय हुन थालेपछि पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आपत्ति जनाउनुभएको छ। नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका भट्टराईले संविधानको मूल मर्म विपरीत पूर्व राष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा फर्किनु सकारात्मक सन्देश नभएको टिप्पणी गर्नुभएको हो।

भट्टराईले सामाजिक सञ्जालमार्फत लेख्नुभएको छ, ‘पूर्व राष्ट्रपति र पूर्व उपराष्ट्रपति आआफ्नै पूर्व पार्टीमा फर्केर क्रियाशील हुने कुरा केवल उनीहरू र उनीहरूको पार्टीको मात्र सरोकारको विषय होइन। यो हामीले संघर्ष गरेर ल्याएको लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली र संविधानको मूल मर्मको रक्षा र विकासको विषय हो।’

उहाँले थप भन्नुभएको छ, ‘साथै, उहाँहरू दुवैजना ‘कम्युनिष्ट’ पृष्ठभूमिबाट आउनुभएकोले उहाँहरू र उहाँहरूका पूर्व पार्टीहरूले परम्परागत रूपमा पार्टी र राज्यलाई एउटै मान्ने एकदलीय प्रणालीका पक्षधर हुन् कि हाम्रो विशेषताको बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीलाई अंगिकार गर्ने राजनीतिक शक्ति हुन् भन्ने कुरा परीक्षण गर्न यो महत्त्वपूर्ण अवसर पनि हो। त्यसैले यस विषयमा सम्बन्धित सबैको गम्भीर ध्यान पुगोस्।’

पछिल्लो समय पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन नेकपा माओवादी केन्द्रको स्थायी कमिटी र केन्द्रीय समितिको बैठकमा सहभागी हुन थालेका छन्। यस्तै, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पनि सक्रिय राजनीतिमा फर्कने चर्चा चलिरहेका बेला भट्टराईको यो टिप्पणी आएको हो।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका