Wednesday, March 19, 2025
Homeसूचना प्रविधि‘पत्रकारलाई बाहिर राखेर महासङ्घको निर्वाचन हुँदैन’

‘पत्रकारलाई बाहिर राखेर महासङ्घको निर्वाचन हुँदैन’

काठमाडौँ : नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले नेपाल पत्रकार महासङ्घको निर्वाचनमा मतदान गर्नबाट कोही पत्रकार बञ्चित हुन नहुने बताउनुभएको छ । आज नैकापमा नेपाल प्रेस युनियन काठमाडौँ शाखाले आयोजना गरेको बैठक तथा छलफलमा अध्यक्ष लम्सालले मतदानबाट कोही पत्रकार पनि बञ्चित नहुने गरी महासङ्घले मतदाता नामावली सार्वजनिक गर्नेमा आफू विश्वस्त रहेकोसमेत बताउनुभयो । “सदस्यता शुद्धीकरणको मापदण्डअनुसार नै सदस्यता रद्द गर्ने वा नवीकरण गर्ने काम हुन्छ भन्नेमा म विश्वस्त छु ।

त्यसैले महासङ्घले सार्वजनिक गर्ने मतदाता नामावलीमा पत्रकार छुट्दैनन्, छुट्नुहुँदैन”, अध्यक्ष लम्सालले भन्नुभयो । सदस्यताको विषयमा उठिरहेका प्रश्न लिएर महासङ्घ नेतृत्वसँग छलफल गरिरहेको पनि उहाँले जानकारी दिनुभयो । युनियन काठमाडौँ शाखा अध्यक्ष महेश गौतमले सदस्यताको विवाद मिलाएर मात्र महासङ्घले निर्वाचन प्रक्रिया अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । त्यसअवसरमा युनियनका केन्द्रीय महासचिव दिलीप पौडेल, युनियन ललितपुर शाखा अध्यक्ष केदारनाथ दाहाललगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका