Wednesday, October 9, 2024
Homeभिडियोनशाको कुलतबाट छुटाउन रिहाब भर्ना गरिएको छोरा कब्जामा परेको आरोप

नशाको कुलतबाट छुटाउन रिहाब भर्ना गरिएको छोरा कब्जामा परेको आरोप

काठमाडौँ।  जिबबको उपनामले चर्चित र्‍यापर सुदिप भण्डारीको आमाबुबाले आफ्नो छोराको उपचारको लागि राखिएको रिहाब एएनटिएफमाथि उपचार गर्नुको साटो झन् नशा खुवाएर उल्टै कब्जामा लिएको गम्भीर आरोप लगाएका छन्।

 

जिबबका बाबु राजकुमार र आमा हरिमायाले प्रेस मिट गरेर एएनटिएएफमाथि सो आरोप लगाएका हुन्। उनीहरूले जिबबलाई कब्जामा लिएको, घर आउन नदिएको, परिवारका सदस्यलाई भेट्न नदिएको र सुधार्नुको साटो ड्रग्स दिएर थप कुलतमा फसाएको दाबी गरेका छन्।  

 

अस्ट्रेलियादेखि सिक्किम टुरसम्मको आर्थिक हिसाब पारदर्शी नबनाएको, ए मेरो हजुर ४ को गीत गाउँदाको पैसा नदेखाएको र नियन्त्रणमा लिन ड्रग्स दिने गरेको उनीहरूले आरोप लगाएका छन्।  

 

अहिले र्याप संगीतमा  जिबबको क्रेज भएकाले एएनटिएफले उसलाई कब्जामा लिएर आर्थिक फाइदा मात्र लिन खोजेको भन्दै उसको स्वास्थ्यको चिन्ता लागेको बताए।

 

‘नशा गर्न दिन्न भनेर उल्टो जति माग्यो त्यति खान दिने त भएन नि,’ जिबबका बाबुले भने’ नशाको सुरमा उसलाई जे पनि गराउने देखियो। उसले कमाउने पैसा आमा-बाबुलाई चाहिएन। तर उसैको खातामा हुनुपर्‍यो। एएनटिएफले देखाउनु त पर्‍यो। उसको नशाको बानी हटाउनुपर्‍यो।’

 

पत्रकार सम्मेलनमा जिबबको आमा हरिमायाले कन्सर्ट गर्नेबारे पनि विवाद रहेको बताइन्। एएनटिएफले जिबबले अग्रिमेन्ट गरेको दाबी गरेको, आफ्नो आर्टिस्ट भएकाले अन्त गाउन नपाउने भनेर तर्साउने गरेको बताइन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका