Tuesday, May 20, 2025
Homeराजनीतिनवनियुक्त प्रदेश प्रमुखहरूले आज शपथ लिँदै

नवनियुक्त प्रदेश प्रमुखहरूले आज शपथ लिँदै

काठमाडौं: आज तीन प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरूले शपथ लिँदैछन्। आज साँझ ५ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा प्रदेश प्रमुखहरूको शपथ ग्रहण कार्यक्रम तय भएको स्रोतले जनाएको छ।
बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले बागमती प्रदेशका दीपकप्रकाश देवकोटा, लुम्बिनी प्रदेशका कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेशका यज्ञराज जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गरेका थिए ।

सत्ता समीकरण फेरबदल भएपछि सरकारले बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन र कर्णाली प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेको थियो ।

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका