Wednesday, October 9, 2024
Homeमुख्य समाचारदेशलाई नोक्सान हुने कुनै पनि सम्झौतामा हस्ताक्षर गर्दिनँ: प्रधानमन्त्री देउवा

देशलाई नोक्सान हुने कुनै पनि सम्झौतामा हस्ताक्षर गर्दिनँ: प्रधानमन्त्री देउवा

काठमाडौँ।  प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमणलाई लिएर सत्ता पक्षलगायत विपक्षीदलले आशंका गरिरहँदा प्रधानमंत्री शेरबहादुर देउवाले मुलुकलाई आघात पुग्ने वा रणनीतिक महत्त्वका कुनै पनि सम्झौतामा हस्ताक्षर नगर्ने प्रष्ट  पारेका छन् ।प्रधानमन्त्रीको अमेरिका भ्रमणको क्रममा एसपीपी सम्झौतामा हस्ताक्षर हुन लागेको भन्ने प्रचार भएपछि सत्ता गठबन्धनका शीर्ष नेताहरूले बुधबार बिहान बालुवाटारमा भएको भेटमा प्रश्न उठाएका थिए । जवाफमा प्रधानमन्त्री देउवाले देशलाई आघात पुग्ने सम्झौतामा आफूले हस्ताक्षर नगर्ने प्रष्ट  पारेका हुन् । 

भेटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।

भेटपछि एकीकृत समाजवादीका अध्यक्ष नेपालले ‘प्रधानमन्त्री देउवाले नेपाललाई आघात पुग्ने कुनै पनि सम्झौतामा हस्ताक्षर गर्दिनँ’ भन्नुभएको  सुनाएका थिए । 

 

उनले प्रधानमन्त्री देउवाले नै त्यसबारे प्रस्ट पारेपछि अब बाहिर फैलाइएको कुरामा विश्वास गर्नुपर्ने कारण नभएको बताए । ‘हाम्रो देशको हितमा छ/छैन भनेर हामी सबैले चासो राख्नुपर्छ । सोधीखोजी हुनुपर्छ । तर, बाहिर फैलाइएको प्रचारको आधारमा भावनामा बग्नुहुँदैन,’ नेपालले भने, ‘सतर्क हुने, सजग हुने कुरा ठीक छ तर बाहिर फैलाइएका कुरा विश्वासयोग्य छैनन्; बरू हामी सिधै प्रधानमन्त्रीसँग कुराकानी गर्न सक्छौँ ।’

 

उनले बैठकमा एकीकृत समाजवादीले असंलग्न परराष्ट्र नीतिलाई छोड्न नसक्ने बताएका थिए ।

सम्बन्धित समाचार

1 COMMENT

  1. कुनै पनि देशभक्त मान्छेले यो कुरा कल्पना पनि गर्न सक्दैन बिशेष गरी त्यो मान्छे जस्को रोम रोम मा राष्ट्रियता भरिएको छ।

Comments are closed.

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका