Thursday, December 11, 2025
Homeअर्थ र ब्यापारदुई महिनापछि चन्द्रागिरि केबलकार र रिसोर्ट पुनः सञ्चालनमा

दुई महिनापछि चन्द्रागिरि केबलकार र रिसोर्ट पुनः सञ्चालनमा

काठमाडौँ । आगजनीका कारण दुई महिनासम्म बन्द रहेको चन्द्रागिरि केबलकार तथा रिसोर्ट आजदेखि पुनः सञ्चालनमा आएको छ।

भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनीपछि सेवा अस्थायी रूपमा रोकिएको थियो। केबलकार सेवा पुनः सुचारु भएपछि नेपालकै उत्कृष्ट पर्यटकीय तथा धार्मिक गन्तव्य भालेश्वर महादेव मन्दिर दर्शन गर्न भक्तजनहरूलाई पुनः सहज भएको छ।

आन्दोलनका क्रममा केबलकारको बटम स्टेशनमा भएको तोडफोडले सेवा पूर्णरूपमा अवरुद्ध भएको थियो। त्यसयता चन्द्रागिरि हिल्सले अष्ट्रियाको डोपलमेयर कम्पनीका उच्च प्राविधिक बोलाई आवश्यक मर्मत, सुरक्षा परीक्षण र निरीक्षणका काम पूरा गर्दै सेवा पुनः सञ्चालनमा ल्याएको हो।

चन्द्रागिरि हिल्सका अध्यक्ष हेम राज ढकालले सेवा पुनः सञ्चालनका लागि खटिएका प्राविधिक टिमको कडा मेहनत र उत्कृष्ट कार्यप्रति आभार व्यक्त गर्दै भक्तजन र पर्यटकहरूको धैर्यताको प्रशंसा गरेका छन्।

उनले भने, “सेवा पुनः सुरु भएपछि काठमाडौँ उपत्यकाको मनोरम दृश्य र शान्त वातावरणको आनन्द लिन आउने पर्यटक र भालेश्वर महादेवका श्रद्धालुहरूलाई पुनः स्वागत छ।”

सेवा बन्द हुनु अघि, चन्द्रागिरि केबलकारमार्फत दैनिक करिब दुई हजार भक्तजन तथा पर्यटकले यात्रा गर्ने गरेका थिए।

चन्द्रागिरि हिल्स व्यवस्थापनले सेवा सञ्चालन पुनः सम्भव बनाउन स्थानीय समुदायले दिएको सहयोगका लागि पनि हार्दिक धन्यवाद व्यक्त गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका