Friday, February 7, 2025
Homeराजनीति‘दुई दलीय शक्तिको अभ्यास स्वीकार्य हुँदैन’ : महासचिव गुरुङ

‘दुई दलीय शक्तिको अभ्यास स्वीकार्य हुँदैन’ : महासचिव गुरुङ

दमौली (तनहुँ):नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले दुई दलीय प्रणालीको अभ्यास स्वीकार्य नहुने स्पष्ट पार्नुभएको छ।

तमु राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय समितिको आज सम्पन्न विस्तारित बैठकलाई सम्बोधन गर्दै उहाँले संविधान संशोधनको नाममा सीमित दल मात्र अस्तित्वमा राख्ने कुनै पनि कदम स्वीकार्य नहुने बताउनुभयो।

महासचिव गुरुङले हालैको उपनिर्वाचनले माओवादी पार्टीप्रतिको जनआकर्षण बढेको प्रमाणित गरेको उल्लेख गर्दै पार्टीलाई थप बलियो बनाउन नेतृत्व र कार्यकर्ताहरूलाई सक्रिय हुन आह्वान गर्नुभयो। “माओवादी सकियो भन्ने गलत धारणा तोडिएको छ। अब सबै नेता–कार्यकर्ताले पार्टी संगठन निर्माणमा जुट्नुपर्छ,” उहाँले भन्नुभयो।

बैठकमा पार्टी केन्द्रीय सदस्य गायत्री गुरुङ, सुरेश आले मगर, हरिबहादुर चुमानलगायतले पनि विचार राख्नुभएको थियो।

बैठकले आगामी फागुन १० गते पोखरामा तमु राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको नेता मनराज गुरुङले जानकारी दिनुभएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका