भागबण्डा र गठबन्धनको राजनीतिले निर्वाचन प्रभावित हुने र यसले जनता आफूले चाहेको उम्मेदवारलाई छान्न पाउने नैसर्गिक अधिकारबाट समेत वन्चित हुनुपर्ने अवस्था सिर्जना गर्ने राजनीतिक विश्लेषकहरूको भनाई छ।
आसन्न निर्वाचन निजिकिदै गर्दा टिकट पाउन ठूलै रकमको चलखेलसंगै टिकट दिने र दिएको टिकट खोस्ने खेल पनि बढ्दै जना थालेको छ।
नेकपा एमालेले पोखरा महानगरपालिकामा मेयर उम्मेदवार सिफारिस गरेको दीपक पौडेलको टिकट खोसेर यसको टिकट बाँड्ने र खोस्ने खेल खेलेको छ। सामाजिक संजालमा पौडेलले सुन पसलमा गइ सुन चोरेको भिडियो भाइरल भएलगत्तै उनले पाएको टिकट खोसिएको स्रोतले बताएको छ। तर आफूले टिकट पाएपछि गूटबन्दीकोकारण आफ्ना विपक्षधर असन्तुष्ट रहेकोको कारण यो उनीहरूकै चाल भएको आरोप लगाएका छन्। उनको स्थानमा कसले टिकट पाउने हो, त्यो भने हेर्न बाँकी छ।