चैत १३, सोलुखुम्बु। नेपाललाई विश्वभर चिनाउन सफल विश्वकै अग्लो चुचुरो सगरमाथा अवस्थित रहेको जिल्ला सोलुखुम्बु नेपालको पूर्वी हिमाली जिल्ला हो । जिल्लामा रहेका ८ वटा स्थानीय तहमध्ये खुम्बु पासाङल्हामु गाउँपालिका नै त्यस्तो भाग्यमानी स्थानीय तह हो जसले यहाँको लगभग सबैजसो हिमाल तथा हिमाली सुन्दरता ओगट्ने मौका पाएको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिकाको खुम्बु क्षेत्र पछि यहाँ महाकुलुङ गाउँपालिका केही मात्र तर महत्वपूर्ण पर्यटकीय क्षेत्र रहेको स्थानीय तह पर्दछ । यहाँ पर्वतारोहणका लागि अग्ला होचा हिमशिखर तथा दृष्यावलोकनका लागि थुप्रै चर्चित डाँडा पिकहरु रहेका छन् । गाउँपालिकाभित्र पर्ने तथा विशेषगरी महाकुलुङ क्षेत्रका नामले परिचित यहाँ रहेका मुख्य पर्यटकीय गन्तव्यहरुको चर्चा गर्ने प्रयास गरिएको छ ।
थोको पैस
थोको पैस महाकुलुङ ५ चाचालुङमा रहेको बुदुम खोलामा खस्ने सुन्दर झरणा हो । स्थानीय कुलुङ भाषामा थोको भन्नाले काठको भर्याङ हो भने पैस भनेको झरणा हो । भर्याङ जस्तो देखिने झरना भएकोले हुन सक्छ यसको नाम थोको पैस रहन गएको । यस स्थानमा पुग्न एकदमै सजिलो छ । हाल महाकुलुङ चक्रपथ यहिँ छाँगा भएर जाने हुनाले केही वर्षभित्रै सिधा सडक सम्पर्क स्थापित हुनेछ भने हालको लागि खोलानाला सुकेको हिँउदको समयमा सडकमार्ग भएर जान सकिन्छ । यहाँ जानको लागि महाकुलुङ गाउँपालिकाको केन्द्र बुङदेखि केवल एक दिनको बाटो मात्र हो ।
यहाँ पुग्दा सम्म बाटोमा होटल तथा पसलहरु भेट्न सकिन्छ । नजिकैको चोचोलु गाउँदेखि करिव आधा घण्टाको पैदल बाटोमा पर्ने यस छाँगा सुन्दरताको अनुपम खानी हो । यहाँ पुग्ने जोसुकैलाई यस झरणाले मोहित तुल्याउने शक्ति आफूसँग राख्दछ ।
साहुनेछो
साहुनेछो महाकुलुङ गाउँपालिकाको वडा नं। ४ गुदेलको सिरानमा पर्दछ । समुन्द्र सतहदेखि ४ हजार मिटर हाराहारीमा रहेको यस स्थान विशेषत छोटो यात्रा हाइकिङको लागि उपयुक्त हुनेछ । यस स्थानबाट चीनको सीमामा रहेको सगरमाथा शिखर लगायतका हिमालका साथै दक्षिणमा भारतका भूभाग समेत देख्न सकिने अचम्मको दृष्य संगमस्थल रहको छ ।
यस स्थानमा पुग्नको लागि महाकुलुङ गाउँपालिकाको केन्द्र बुङसम्म मोटरबाटोको यात्रा गर्न सकिन्छ भने गाउँपालिकाको वडा ४ सम्म मोटरबाटबाटो निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सडक निर्माण नहुँदा पनि बुङबाट गुदेलसम्मको आरामदायी यात्रा २ घण्टाको हुनेछ । त्यसपछि सुन्दर जंगल तथा सोलुखुम्बुका विभिन्न गाउँपालिकामा पर्ने क्षेत्रहरु हेर्दै स्वच्छ हावामा रमाउदै ३/४ घण्टाको यात्रापछि हामी साहुनेछो पुग्न सक्छौँ ।
यस क्षेत्रको भ्रमण गर्ने उपयुक्त समय अशोजरकार्तिक तथा बैशाख–जेठ नै हुनेछ । बाटोमा स्वच्छ हावा खान पाए पनि होटलमा खाने तथा वस्ने सुविधा भने हुने छैन । बाटामा भैसी तथा चौँरीको गोठ भेटियो भने ताजा दुध तथा दुधबाट बन्ने परिकार लिन सकिन्छ ।
यहाँ जान गुदेलबाट विहानै यात्रा तय गरी वेलुका गुदेल नै आइपुग्ने गरी जान सकिन्छ । यस क्षेत्रमा भ्रमण गर्ने अर्को उत्तम तरिका वन्दोवस्तीका सामाग्री सहित एक रात जंगलको रमाइलो वास बसेर क्याम्प फायर गर्ने र एका विहानै सुन्दर दृष्यहरुको स्वाद लिएर फर्किने पनि हो । यो स्थानसम्म जाँदा आफूलाई चाहिने सामाग्रीका अतिरिक्त खानेकुरा¸ सिलिपिङव्याग¸ टेन्ट¸ आगो पार्ने साधन¸ खुकुरी वा अन्य हतियार वोक्न आवश्यक हुन्छ ।
वुकुर पिक
बुकुर पिक महाकुलुङ गापा वडा नं ३ मा पर्ने मामेर्कुको शिरमा पर्दछ । छेस्कामसम्मको सहज सडकमार्गको यात्रा गरी त्यहाँबाट २ दिन पैदल यात्रा गरेर पुग्न सकिने बुकुर हिमाली क्षेत्रको अवलोकन¸ स्वच्छ हावाको सेवनका लागि छेस्कामबाट करिव ३र४ दिनको लागि समय भएको अवस्थामा अत्यन्त राम्रो गन्तव्य हुन सक्छ ।
समुन्द्री सतहबाट करिव ४१५० मिटरको उचाइमा रहेको यस पिकबाट सगरमाथा तथा यसका आसपासका हिमालहरु¸ वरुन्त्से¸चाम्लाङ¸ मेरापिक लगायतका हिमालहरुको दृष्यावलोकन गर्न सकिन्छ भने सोलुखुम्बु महाकुलुङ¸ सोताङ¸ थुलुङ दुधकोशी¸ माप्य दुधकोशी¸ सोलुदुधकुण्ड नपा¸ नेचासल्यान गापाका धेरै स्थानहरु देख्न सकिन्छ ।
साथै संखुवासभाका सिलिचोङ गापा लगायतका भागहरु देख्न सकिन्छ । महाकुलुङको छेस्कामको मामेर्कु गाउँबाट उकालो बाटो ५ घण्टा लगभग हिँडेपछि पुग्न सकिने वुकुर पिक प्राकृतिक सुन्दरताले भरिपूर्ण क्षेत्र हो । यहाँ जानको लागि छेस्कामदेखि तीन दिनको समय प्रयाप्त हुन सक्छ । सम्पूर्ण दृष्यहरु हेर्नको लागि बुकुर पिक वा डाडाँको फेदीमा एक रात बास वस्न सकिन्छ । जहाँ गाई तथा चौँरीका गोठहरु भेट्न सकिन्छ ।
राती क्याम्प फायर वास्तवमै अविष्मरणीय हुन सक्छ । त्यसको भोलीपल्ट विहान वुकुर पिक पुगी छेस्काम वा बुङ सम्म फर्किन सकिन्छ । यहाँ पुग्नलाई न्यानो कपडाका अलावा दुई दिनको लागि खानेकुरा तथा राती वास वस्नका लागि आवश्यक वन्दोवस्तीका सामान बोक्न सकिन्छ ।
घ्याङखर्क
घ्याङखर्क डाडाँ महाकुलुङ क्षेत्रमा पर्छ भने राजनीतिक विभाजनका आधारमा सोताङ गापा र महाकुलुङ गापाको सीमा क्षेत्रमा पर्छ । करिव ३६५५ मि उचाइमा रहेको यस डाँडाबाट कञ्चनजंघा हिमशृंखलाका हिमालहरु¸ मकालु हिमाल¸ मेरापिक¸ चारपाटे लगायतका हिमालहरु देखिन्छन् ।
सोलुखुम्बुका अधिकांश भागका साथै भोजपुर¸ खोटाङ¸ संखुवासभाका केही भागहरु देख्न सकिने रमाइलो स्थानका रुपमा रहेको छ । घ्याङखर्क पुग्नको लागि गुदेलबाट चाचालुङ हुँदै शेर्पा गाउँ नुर्कुम पुग्ने र त्यहाँबाट ३र४ घण्टामा घ्याङखर्क डाडाँ जान नुर्कुममा एकरात वास वस्न सकिन्छ । त्यहाँ जानलाई न्यानो लुगा कपडाहरु वोक्न अनिवार्य हुन्छ भने अन्य खानेकुराको त्यस्तो समस्या पर्दैन ।
पोम्लालुङ क्षेत्र
महाकुलुङ क्षेत्रमा विकसित भएको तथा परापूर्वकालदेखि यस क्षेत्रमा रहेका कुलुङ समुदायको धार्मिक आस्थाको केन्द्रको रुपमा रहेको पोम्लालुङ क्षेत्र धार्मिक मात्र नभएर पर्यटकीय रुपले पनि आकर्षक क्षेत्र हो । महाकुलुङ गापाको वडा नं। ५ मा रहेको यस पोम्लालुङको अर्थ पोम्ला भन्नाले मृत्तात्मा तथा लुङ भनेको ढुङ्गा हो । त्यसैले पोम्लालुङ भन्नाले मृतकको आत्मा वास बस्ने ढुङ्गा हो ।
कुलुङ समुदायका कोही व्यक्तिको मृत्यु भएमा उसको आत्मा त्यही पोम्लालुङमा जान्छ भन्ने विश्वास गरिने नेपाल किरात कुलुङ संघका जिल्ला अध्यक्ष हरि रेप्खोस् वताउछन् । यस क्षेत्रको भ्रमण गर्न महाकुलुङको गुदेलबाट बिहानको यात्रा तय गर्न सकिन्छ । करिव ४ घण्टाको यात्रापछि जंगल विचको पोम्लालुङ क्षेत्र (३००० मि) पुगिन्छ । त्यहाँ पोखराको महेन्द्र गुफा र चमेरे गुफाको झल्को दिने कयौँ गुफाहरु छन् । ती ओडारहरु अत्यन्त डर लाग्दा र अध्याँरो छन् ।
यी ओडारमा मृतकको आत्मा रहने विश्वास गरिन्छ । यस विशालकाय चट्टानको टुप्पोमा रमणीय दृष्यावलोकन गर्न सकिने तथा सुन्दर चउरहरु छन् । र ती चउरहरुमा चौँरी गोठ पनि भेट्न सकिन्छ जहाँ चौँरीको ताजा दुध¸ छुर्पी¸ सेर्केम खान सकिन्छ ।
त्यसपछि फर्किँदा सानो तर सुन्दर शेर्पा वस्ती लिम्चोला हुँदै गुदेल फर्कन सकिन्छ । यस क्षेत्रको भ्रमण कुनै पनि कारणबाट वेकाम हुन सक्दैन । यस क्षेत्रको भ्रमणको लागि राम्रो खालको क्यामरा¸ व्याकअप तथा खाजा सहित व्यक्तिगत आवश्यकताका सामाग्री मात्र बोके पनि पुग्छ । एक दिनमै गुदेलबाट यात्रा सुरु गरी गुदेल नै आइपुगिन्छ ।
साल्पा सिलुछो
साल्पा पोखरी र सिलुछो पिक सोलुखुम्बु जिल्ला र भोजपुर जिल्लाको सीमामा पर्छ । महाकुलुङ क्षेत्रमा साल्पा र सिलुछोले पर्यटकीय महत्वका साथमा धार्मिक आस्थाका हिसावले पनि महत्वपूर्ण स्थान वोकेको छ । वर्षेनी सयौँ भक्तजनहरु साल्पा पोखरी तथा सिलुछो पिक पुगी मनोकामना गरी फर्कन्छन् । सिलुछो डाँडाबाट सगरमाथा¸ मकालु¸ ल्होत्से¸ नुप्से¸ वरुन्त्से¸ आमादब्लम¸ थामसेर्कु लगायतका हिमशिखरहरु देख्न सकिन्छ भने संखुवासभा¸ भोजपुर र सोलुखुम्बुका धेरै स्थानहरुको दृष्य हेर्न सकिन्छ ।
सिलुछो पिकको उचाइ ४१५६ मिटर रहेकोले सोही अनुरुपको तयारीका साथ जानुपर्ने हुन्छ । गुदेलबाट सानामा हुँदै साल्पा पोखरी पुगी सिलुछो सम्मको यात्रा तय गर्नलाई गुदेलबाट कम्तीमा ३ दिनको समय पुग्दो हुन्छ । चैत्र बैशाख का साथै अशोज कार्तिकको समय घुम्नको लागि उपयुक्त समय हो भने धार्मिक रुपले श्रावण शुक्ल पूर्णिमा र पञ्चमी उपयुक्त तिथीहरु हुन् । यस स्थानमा जानको लागि एक रातको साल्पा पोखरी क्षेत्रको क्याम्पिङ उपयुक्त हुन्छ । जहाँबाट विहानै सिलुछो पिक पुगी फर्किन सकिन्छ । जसको लागि आवश्यक वन्दो वस्ती
सामाग्रीको व्यवस्था गर्नुपर्दछ ।
पाँचपोखरी क्षेत्र
पाँचपोखरी महाकुलुङ गापा वडा नं। २ मा पर्ने पाँचवटा सुन्दर पोखरीहरुको संयुक्त नाम हो । यहाँ बुढा¸ बुढी¸ छोरा¸ बुहारी तथा कमारा नामका पोखरी गरी पाँचवटा पोखरी छन् ।
पाँचपोखरी नजिकै खोलाखर्कमाथि पाङ्ग्रे पोखरी पनि रहेको छ । पर्यटन मन्त्रालयले निकालेको नेपालका १०० वटा नयाँ पर्यटकीय गन्तव्यहरुमध्ये एक पर्ने सफल यस क्षेत्र साँच्चै मनमोहक त छ नै साथमा उचाइको एक उत्साहजनक चढाव पनि महशुस गर्न सकिन्छ ।
२ दिनको समयावधीभित्रै बुङ १५०० मिटर देखि हुर्हुरे डाडाँ ४३०० मिटर र कोङ्केलुछो ४६०० मिटरको दुईटा पास गर्नु पर्दछ । त्यसैले अल्टिच्यूट सिकनेस हुन सक्ने सम्भावना पनि रहन्छ यस क्षेत्रको यात्रामा । यथार्थकै स्वर्गीय आनन्दको महशुस गराउने यस क्षेत्रको भ्रमण पर्यटकीय मात्र नभएर धार्मिक रुपमा पनि गर्ने चलन छ । यहाँ श्रावण शुक्ल पूर्णिमाको दिन यहाँ भक्तालुहरुको ठूलो घुइँचो लाग्ने गर्छ ।
पाँचपोखरी पुग्न सडकमार्ग भएर बुङ वा खिरौले सम्म पुग्न सकिन्छ भने छाराखर ९२९६० मि० सम्म सडक निर्माण हुने योजना पनि रहेको छ । बुङबाट खिरौले गुम्बा तथा स्तुपाहरु रहेको सुन्दर शेर्पा गाउँ खिरौले हुँदै पहिलो दिनको बास छाराखर वा चलेम (३६०० मि) हुनसक्छ ।
त्यसको भोलीपल्ट धारखर्क¸ हुर्हुरे हुँदै पहाडी सुन्दरता हेर्दै पाँचपोखरी (४३०० मि) पुग्ने¸ दर्शन गर्ने¸ स्वच्छ हावा लिने कार्य गरी खोलाखर्क बास पुग्न सकिन्छ ।खोलाखर्कबाट विहान पुन त्यही पाँच पोखरी हुँदै बुङ वा खिरौले वास बसेर बुङबाट जम्मा ३ दिनको यात्रा टुङ्ग्याउन सकिन्छ ।
पाँचपोखरी जाने उत्कृष्ट समय अशोजरकार्तिक तथा चैत्ररबैशाख नै हो । अशोजको समयमा जाँदा खुला सुन्दरताको अवलोकन गर्न सकिन्छ भने चैत्रको समयमा हिउँले ढाकेका डाडाँ तथा हिमालको अवलोकन गर्न सकिन्छ । पाँचपोखरी यात्रा छोटो रुपमा गर्न सकिने ट्रेकिङ¸ धाम¸ हिमाली दृष्य अवलोकन लगायतको लागि उत्कृष्ट रोजाई हुन सक्छ । यस क्षेत्रमा यात्रा गर्न न्यानो लुगाको जरुरी विशेष छ भने पावर व्याङ्क या चार्ज गर्ने व्यवस्था आफैँल गर्नु पर्ने हुन्छ । साथै आफ्नो सुरक्षाको लागि सिलिपिङ व्याग वोक्न सकिन्छ ।
मेरा पिक
मेरा पिक नेपालकै एक आकर्षक र पर्यटकीय चापका दृष्टिले व्यस्त पिक हो । जसको उचाइ ६¸४७४ मिटर रहेको छ । मेरा पिकका मुख्य तीन चुचुरामध्ये मेरा सेन्ट्रलको आरोहण गरी सगरमाथा¸ कञ्चनजंघा¸ ल्होत्से¸ चोयु¸ चाम्लाङ¸ वरुन्त्से¸ पुमोरी¸ नुम्बुर¸ आमादब्लम लगायतका हिमशिखरहरु हेर्न सकिन्छ । मेरापिकलाई नेपालकै आरोहणका लागि खुला भएका पिकहरुमध्ये सबैभन्दा अग्लो पिक मानिन्छ । यहाँ वर्षेणी हजारौँको संख्यामा पर्यटक हरु पिक आरोहणका लागि आउने गर्छन् ।
त्यसैले यस क्षेत्रमा जानको लागि बाटोमा होटल¸ पसलहरु प्रशस्त पाइन्छन् । मेरापिक जानको लागि लुक्लाको पुरानो रुट पनि प्रयोग गर्न सकिन्छ भने महाकुलुङको बुङबाट नयाँ रुट प्रयोग गरी पाँचपोखरी क्षेत्रको पनि भ्रमण गरी जान सकिन्छ ।
बुङबाट खिरौले हुँदै चलेम (३६०० मि)¸ चलेमबाट ४६०० मिटरको कोङ्केलुछो पास गरेर खोलाखर्क (४२०० मि) मा खाना खाएर कोठे (३६०० मि)¸ कोठेबाट ठाङ्नाक (४३०० मि)¸ ठाङनाकबाट खरे (४९०० मि)¸ खरेबाट हाइक्याम्प (५८०० मि) र त्यहाँबाट मेरापिकको आरोहण गरी खरे फर्किन सकिन्छ ।
त्यसपछि कोठे¸ चलेम हुँदै फर्किन सकिन्छ । यसका अलवा कोठे पुग्ने छतर्बु पास गरी लुक्लाबाट¸ कुनै पास नगरी सिबुचे तथा चेरेम हुँदै जाने रुट पनि प्रयोग गर्न सकिन्छ । ठाङ्नाक र खरेमा एकएक दिनको रेष्ट डे तय गरी हाइकिङमा जान उपयुक्त हुनाले सोही अनुरुप समय छुट्याउन आवश्यक हुन्छ ।
मेरापिक आरोहणका लागि क्लाइम्बिङ गाइड¸ हाइक्याम्पको लागि कुक¸ भारी बोक्ने श्रमिकहरु तथा टेन्ट¸ क्लाम्बिङ गियरहरुको आवश्यक हुन्छ । सुरुमा नै सम्पर्क गरेर जाने हो भने खरे भन्ने ठाउँमा सम्पूर्ण व्यवस्था हुन्छ जसको लागि खरेमा रिफुजी मेरा अथवा हिमालयन माउण्टेन भिउ होटलमा सम्पर्क गर्दा उपयुक्त हुन्छ ।
ती सम्पूर्ण सामाग्री व्यवस्थापनका लागि निर्धारित रकम लाग्छ । हाइ अल्टिच्यूट सिकनेसबाट वच्न आवश्यक खाद्य तथा औषधीहरु आँफैले बोक्न उचित हुन्छ । उचित खानपान र न्यानो लत्ता कपडाहरुको जोहोबाट पिक आरोहण
सहज हुनेछ । यो पिक टेक्निकल नभएकोले सामान्य डोरी तथा क्र्याम्फुनको उचित प्रयोगको सहायताले मेरापिक आरोहण सजिलै तरिकाले गर्न सकिने हुन सक्छ ।
वरुन्त्से हिमाल
वरुन्त्से हिमाल हिमालयन एक्पिडिसनको लागि आकर्षक गन्तव्य हो । ७¸१२९ मिटरको उचाइ रहेको यस हिमालका चार मोहडा र चारै आरोहणहरु छन् । यस हिमाल वरीपरी वरुण ग्लासियर¸ इम्जा ग्लासियर तथा हुँगु ग्लासिय जस्ता हिमनदी छन् ।
यस हिमाल आरोहणको लागि १ महिनाभन्दा बढी समय लाग्न सक्छ र हिमाल आरोहणको लागि ट्रेकिङ एजेन्सीसँग सम्पर्क गर्न अनिवार्य हुन्छ । आँफै जान्छु र चढ्छु भन्न सकिन्न । यस हिमाल जाँदा दुइपटक हाइ पास अनिवार्य छ भने यस क्षेत्रमा थुप्रै पोखरी हिमतालहरु देख्न सकिन्छ । यस हिमालको प्रथम आरोहण सन् १९५४ मा एडमण्ड हिलारीको समूहले दक्षिणी मोहडाबाट गरेको थियो ।
१९ पटक सगरमाथा आरोहण गरिसकेका छेवाङ निमाको वरुन्त्से हिमाल आरोहणका क्रममा सन् २०१० मा रोप फिक्स गर्दैगर्दा लडेर मृत्यु भएको थियो । यो हिमाल जान पनि खरेसम्म मेरापिक जाने रुट नै पर्दछ भने खरेबाट चाहीँ मेरा ला ९५३०० मि० पास गरेर खोङमादिङ भ्याली झरी ५ हजार मिटर उचाइमा रहेको सेती पोखरीतर्फ लाग्नु पर्छ ।
वरुन्त्से हिमाल आरोहण गर्नेहरु सुरुमा मेरापिक आरोहण गरेर जाने चलन पनि छ । वरुन्त्से वेस क्याम्प ५४०० मिटर उचाइमा पर्छ भने वेस क्याम्पबाट शिखरमा जाने आउने गरिन्छ ।
फर्किदाँ गएकै मेरा ला को बाटो फर्किन सकिन्छ भने अन्य दुई पासहरुको विकल्प पनि छन् । खोङमादिङ भ्याली पुग्ने वैकल्पिक र कुनै पास नगरी नै पुग्न र फर्किन सकिने रुट छेस्कामको मुद्धि हुँदै खुल्ने क्रममा रहेको छ ।
सरकारी विभिन्न योजना र स्थानीय अगुवा युवाहरुको प्रयासमा यस रुट अन्तिम चरणमा छ भने हुँगा खोलामा बनाउन आवश्यक झोलुङगे पुलहरुको निर्माण पश्चात यस रुट पनि पपुलर रुटको रुपमा अगाडी बढ्ने छ ।
यस हिमाल आरोहण अन्य साना तिना पिक डाँडा जस्तो नभएकोले विशेष तयारी आवश्यक हुन्छ जसको लागि पेशागत रुपमा हिमाल आरोहण गराउने संस्थाहरुमा सम्पर्क गर्न सकिन्छ ।
चाम्लाङ हिमाल तथा हिमश्रृंखला
चाम्लाङ लाई हिमाल र हिमशृंखला दूवै नामले चिनिन्छ । चाम्लाङ हिमालको उचाइ ७¸३१९ मिटर छ । महाकुलुङ क्षेत्रको सबैभन्दा अग्लो हिमाल सम्भवत चाम्लाङ हिमाल नै हो ।
यो हिमाल मेरापिक तथा वरुन्त्से हिमालसँगै निकै नजिक छन् । यो हिमाल मकालु हिमालबाट दक्षिण पश्चिम हुँगुँ उपत्यकामा पर्छ । यस हिमालको प्रथम आरोहण जापानिज टोलीमा रहेका सो एन्मा तथा नेपाली पर्वतारोहण गाइड पासाङ फुतार शेर्पाबाट सन् १९६२ मा भएको थियो । यस हिमाल जाने क्रममा नेपालका ८ हजार मिटर माथिका ५ वटा हिमशिखरहरु सगरमाथा¸ कञ्चनजंघा¸ मकालु¸ चोयु तथा ल्होत्से देखिन्छन् भनेवरुन्त्से¸ आमादव्लम¸ मेरापिक¸ नुप्से¸ पुमोरी¸ खाङतेगा लगायतका साना कयौँ हिमालहरु देख्न सकिन्छ ।
यस हिमाल टेक्निकल हिमाल हो । यसको आरोहण गर्न प्राविधिक दृष्टिले अलि गाह्रो हुनाले विशेष तयारी तथा शारिरिक क्षमता हुनुपर्छ । चाम्लाङ हिमाल जानको लागि खोङमादिङ सम्म वरुन्त्से हिमालकै रुट प्रयोग गरिन्छ भने त्यहाँबाट भने लो क्याम्प हुँदै चाम्लाङ वेस क्याम्पतर्फ जानुपर्छ । वेस क्याम्प करिव ४२०० मिटर उचाइमा रहेको छ ।
त्यहाँबाट क्याम्प १¸ क्याम्प २ र क्याम्प ३¸ ६३०० मिटर हुँदै हिमाल आरोहण गर्नुपर्ने हुन्छ । चाम्लाङ हिमालको आरोहण गर्नको लागि हिमाल आरोहण गराउने उद्धेश्यले स्थापित नेपाल सरकारबाट अनुमती प्राप्त संस्थाहरुमा सम्पर्क गरी मात्र जान सकिन्छ । महाकुलङ क्षेत्रमा यी उल्लिखितका साथै अन्य थुप्रै पर्यटकीय स्थानहरु छन् । जसको प्रचारप्रसार जरुरी छ । खाङतेगा¸ चारपाटे¸ कुसुम काङगारु लगायतका हिमाल मात्र होइनन् तामापोखरी¸ सेती पोखरी लगायतका असंख्य पोखरीहरु यहाँ छन् । केवल आन्तरिक र वाह्य पर्यटकको पर्खाइमा रहीरहेका छन् ।
– केडी रेम्निसिङ कुलुङ¸ अधिकृत (छैठौँ)¸ महाकुलुङ गाउँपालिका सोलुखुम्बु