Wednesday, October 9, 2024
Homeअर्थ र ब्यापारकाठमाडौँमा अन्तर्राष्ट्रिय हिमालयन एक्स्पो आयोजना हुने

काठमाडौँमा अन्तर्राष्ट्रिय हिमालयन एक्स्पो आयोजना हुने

काठमाडौँ: काठमाडौँमा अन्तर्राष्ट्रिय हिमालयन एक्स्पो आयोजना हुने भएको छ। संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया र नेपालका नवप्रवर्तनशील तथा उद्यमशील टिमद्वारा स्थापित अन्तर्राष्ट्रिय हिमालयन एक्स्पोले यही अक्टोबर ३ तारिखदेखि ५ तारिखसम्म काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी हलमा उक्त एक्स्पो आयोजना गर्न लागेको हो। उक्त एक्स्पो प्रदर्शनीको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुहुने अपेक्षा गरिएको छ भने उच्च पदस्थ व्यक्तिहरुलगायत ठूलो संख्यामा सहभागीहरूको उपस्थिति हुने आयोजकहरुले बताएका छन् ।

आयोजक समितिका अनुसार यस एक्स्पोको एउटै मात्र उद्देश्य भनेको उच्चस्तरीय उत्पादनलाई उपभोक्तामाझ सिधै ल्याउनु रहेको छ।

हिमालयन अन्तर्राष्ट्रिय एक्स्पोको व्यवस्थापन टोलीले Champs, TPE, ASD जस्ता थुप्रै प्रमुख अन्तर्राष्ट्रिय व्यापार मेलाहरूमा सहभागी भएर विभिन्न अनुभव बटुल्नुका साथै अमेरिकालगायत विश्वका विभिन्न मुलुकमा एक्स्पो आयोजना गरिसकेको अन्तर्राष्ट्रिय हिमालयन एक्स्पोले नेपालमा पनि यस्तो मेलाको आयोजना बिगतमा समेत गरिसकेको छ। टोलीले यस्ता व्यापार मेलाहरू सम्बन्ध स्थापना गर्न महत्त्वपूर्ण भएको भन्दै यस्ता कार्यक्रमहरूको आयोजना र व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याएको छ।

हिमालयन अन्तर्राष्ट्रिय एक्स्पो विशेष रूपमा हस्तकला क्षेत्रको प्रवर्द्धनमा केन्द्रित B2B (व्यापारदेखि व्यापारसम्म ) कार्यक्रम हो। यस एक्स्पोमा नेपाल र विश्वभरको हस्तकला उद्योगमा प्रयोग भइरहेका उपकरण, सेवा, र सामग्रीहरूको विविधता प्रस्तुत गर्दछ।

यस मेलाको मुख्य उद्देश्य उद्योगको हस्तकलात्मक सृजनशीलता र नवप्रवर्तनको प्रदर्शन गर्नु मात्र नभई भविष्यका पुस्तालाई यस बारेमा ज्ञान प्रदान गरी नयाँ पुस्तालाई दिगो र समृद्ध विश्व निर्माणका लागि प्रेरित गर्नु रहेको संस्थाका अध्यक्ष श्री कपिल अधिकारीले बताउनुभयो।

यो एक्स्पो हस्तकला विकासकर्ता, लगानीकर्ता, स्थानीय अधिकारी, सरकारी प्रतिनिधि, विद्यार्थी र सार्वजनिक तथा निजी संस्थाहरूलाई लक्षित गरिएको छ, जसले हस्तकला क्षेत्रमा शिक्षा र ज्ञानको समग्र प्रगतिका लागि काम गर्छन्। हिमालयन अन्तर्राष्ट्रिय एक्स्पोले हस्तकला लगायत अन्य उत्पादन क्षेत्रको महत्त्वलाई बुझाउन तथा उद्योगमा व्यापारलाई प्रवर्द्धन गर्दै नयाँ सम्बन्धहरू निर्माणका लागि व्यावहारिक र प्रभावकारी वातावरण स्थापना गर्ने उद्देश्य राखेको छ।

हिमालयन इन्टरन्याश्नल एक्स्पोको मुख्य कार्यालय अमेरिकाको क्यालिफोर्नियामा रहेको छ भने शाखा कार्यालय काठमाडौँको ठमेलमा रहेको छ। यो अत्यन्त उपयोगी व्यापार मेलाले उच्च सफलता हासिल गर्ने अपेक्षा आयोजक समितिले गरेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका