Wednesday, May 21, 2025
Homeअर्थ र ब्यापारकर्णाली सरकारको २ अर्बभन्दा बढी रकम तालिम र गोष्ठीमा खर्च

कर्णाली सरकारको २ अर्बभन्दा बढी रकम तालिम र गोष्ठीमा खर्च

सुर्खेत: विकासका दृष्टिकोणले सबैभन्दा पछि रहेको कर्णालीमा दैनिकजसो गोष्ठी तथा तालिम भइरहन्छन् । सरकारी स्तरबाट मात्र नभई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू पनि विभिन्न कार्यक्रम लिएर कर्णालीमा तालिम तथा गोष्ठीमा व्यस्त हुन्छन्।

यद्यपि सरकार तथा संघ–संस्थाका त्यस्ता अधिकांश कार्यक्रम प्रदेश राजधानी वीरेन्द्रनगरमै केन्द्रित हुने गरेका छन् । कर्णाली प्रदेश सरकारले त्यस्ता खालका कार्यक्रममा वर्षेनि ठुलो रकम खर्च गरेको पाइएको छ ।

पछिल्लो एक वर्षमा यस्ता शीर्षकमा दुई अर्ब २१ करोड ४९ लाख १७ हजार ४४.६४ रुपैयाँ खर्च भएको जानकारीमा आएको छ । तालिम तथा गोष्ठी शीर्षकमा मात्रै १७ करोड ३० लाख ९२ हजार ५९.७१ रुपैयाँ खर्च भएको प्रदेशको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

ती गोष्ठी तथा तालिम सञ्चालन गर्नका लागि तालिममा मात्रै ४ करोड ३४ लाख ३५ हजार २९८ रुपैयाँ खर्च भएको छ । गत वर्ष सरकारको बजेट कार्यान्वयनको अवस्था विगतको भन्दा कमजोर रह्यो ।

सिप विकास तथा जनचेतना तालिम तथा गोष्ठी सम्बन्धी खर्च शीर्षकमा सरकारको १२ करोड ९६ लाख ५६ हजार ७६१.७१ रुपैयाँ सकिएको छ । सरकारले त्यसमा पनि छुट्टै कार्यक्रम खर्च शीर्षक राखेको छ, जसमा २ अर्ब २ करोड १६ लाख ४७ हजार ६२३.९५ रुपैयाँ खर्च भएको छ ।

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका