Wednesday, March 19, 2025
Homeसामाचारओलीको गोलीजस्तो बोली- आचारसंहिता उल्लङ्घन

ओलीको गोलीजस्तो बोली- आचारसंहिता उल्लङ्घन

काठमाडौँअरूलाई कट्टाक्ष हान्न खप्पिस एमाले नेता केपी ओलीलाई  नेपाली कांग्रेसको घोषणापत्र माथि टिप्पणी गरी निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको आरोप नेपाली कांग्रेसले लगाएको छ। नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले ओलीको टिप्पणी आपत्तिजनक रहेको बताउंदै खेद् प्रकट गरेका छन्

देशमा निर्वाचन आचारसंहिता लागू भैसकेको अवस्थामा  नेकपा एमालेका अध्यक्षजस्तो व्यक्तिबाट नेपाली कांग्रेस कांग्रेसको घोषणापत्रप्रति यस्तो तल्लो स्तरको अभिव्यक्ति आउनु दुखद भएको सामान्य अवस्थामा पनि बोल्न नहुने उहाँको अभिव्यक्ति खेदजनक भएको प्रवक्ताले जनाएको छन्।  उनले भने, ‘यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण होस्

एमाले अध्यक्ष ओलीले मंगलबार एक कार्यक्रममा काग्रेसको सङ्कल्प पत्रलाई बकवास पागलहरुको प्रलाप भनेर टिप्पणी गरेका थिए

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका