Friday, October 9, 2026
Homeअन्तराष्ट्रियएलन मस्क विश्वकै पहिलो दुई अंकको खर्बपति बन्ने बाटोमा

एलन मस्क विश्वकै पहिलो दुई अंकको खर्बपति बन्ने बाटोमा

वासिङ्टन। विश्वकै सबैभन्दा धनी व्यक्ति एलन मस्क इतिहासमा पहिलो पटक खर्बपति बन्ने सम्भावनासहित अगाडि बढेका छन्। फोर्ब्स पत्रिकाको रिपोर्टअनुसार मस्क हाल विश्वको पहिलो दुई अंकको खर्बपति बन्ने यात्राको करिब आधा चरणमा पुगेका छन्।

टेस्ला र स्पेसएक्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मस्कको सम्पत्ति हालै पाँच खर्ब डलर नाघेको थियो। तर टेस्लाको सेयरमा देखिएको उतार–चढावका कारण बुधबार बिहान पाँच खर्ब १० अर्ब डलर पुगेको नेटवर्थ केही घण्टामै झरेर चार खर्ब ९९ अर्ब १० करोड डलरमा पुगेको फोर्ब्स को रियल–टाइम बिलियनेयर्स ट्र्याकरमा उल्लेख छ।

विश्वका अन्य धनी व्यक्तिहरू

मस्कपछि दोस्रो स्थानमा ओरेकलका सिइओ ल्यारी एलिसन तीन खर्ब ५० अर्ब ७० करोड डलर नेटवर्थसहित छन्। तेस्रो स्थानमा मेटाका प्रमुख कार्यकारी मार्क जुकरबर्ग दुई खर्ब ४५ अर्ब ८० करोड डलरसहित छन्।

मस्कको यात्राः विद्यार्थीबाट विश्व उद्यमीसम्म

पेन्सिलभेनिया विश्वविद्यालयबाट स्नातक भएपछि स्ट्यानफोर्ड विश्वविद्यालयमा अध्ययन सुरु गरे पनि पूरा नगरेका मस्कले सन् १९९९ मा पहिलो ठूलो सफलता पाए। उनले आफ्नै अनलाइन प्रकाशन सफ्टवेयर कम्पनीलाई कम्प्याकलाई ३० करोड डलरभन्दा बढीमा बिक्री गरे।

त्यसपछि सुरु गरेको अर्को कम्पनी पछि पेपालसँग मर्ज भयो। त्यसपछि उनले सन् २००२ मा अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्स स्थापना गरे। सन् २००४ मा टेस्ला मा अध्यक्ष बनेका मस्कले कम्पनीलाई विश्वकै अग्रणी प्रविधि व्यवसायमध्ये एकमा रुपान्तरण गरे।

दुई अंकको खर्बपति बन्ने सम्भावना

विशेषज्ञहरूको भनाइमा मस्कको सम्पत्ति वृद्धि टेस्ला, स्पेसएक्स र अन्य प्रविधि व्यवसायको तीव्र विस्तारसँग जोडिएको छ। हालको गति हेर्दा उनी विश्वकै पहिलो दुई अंकको खर्बपति बन्ने सम्भावनामा छन्।

फोर्ब्सले टिप्पणी गर्दै भनेको छ, मस्कले आफ्नो व्यवसायिक साहस, नवीन सोच र प्रविधिमा निरन्तर लगानीमार्फत केवल सम्पत्ति मात्र होइन, विश्व अर्थतन्त्रको भविष्यलाई समेत पुनः परिभाषित गरिरहेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका