Friday, February 7, 2025
Homeमनोरन्जनएमाले अध्यक्ष ओली चलचित्रमा अभिनय गर्दै

एमाले अध्यक्ष ओली चलचित्रमा अभिनय गर्दै

काठमाडौं। एसिड आक्रमणबाट पीडित भएकाहरुको कथालाई समेटेर ‘नमेटिने घाउ’ चलचित्र निर्माण हुने भएको छ । उक्त चलचित्रमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्माओलीले पनि अभिनय गर्न लागेका छन्।

आइतबार काठमाडौंमा नेपाली चलचित्र ‘नमेटिने घाउ’को घोषणा कार्यक्रममा ओलीले एसिड आक्रमणलाई रोक्न प्रभावकारी कानून बनाउनुपर्नेमा जोड दिएका छन्।

उनले भविष्यमा यस्ता घटना दोहरिन नदिन प्रभावकारी कानून बनाउनुपर्नेमा जोड दिए। एसिड आक्रमणको समस्याको समाधान दण्डबाट मात्रै समाधान नहुने भन्दै उनले मानवीय
चेतनामार्फत पनि समाधान खोजिनुपर्ने जिकिर गरे।

भरपर्दो कानून निर्माण, अपराधीलाई सजाय र त्यसबाट शिक्षा समेत दिनसक्नुपर्ने उनको भनाइ छ । ओलीले अपराधीलाई मृत्युदण्ड नै दिनुपर्छ भन्ने पक्षमा आफु नरहेको भन्दै अन्य प्रभावकारी सजायहरु निर्धारण हुनुपर्ने धारणा राखे।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका